२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनौला हजार दिनमा आमालाई उन्नत जातका कुखुरा

२०८०, २९ जेष्ठ सोमबार ०९:५१

जेठ २९, काठमाडौँ | हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमा र गर्भवतीलाई उन्नत जातका कुखुरा वितरण गरेको छ । 

गाउँपालिकाभरिका आमाको पोषण स्वास्थ्य सुधार गर्न उन्नत जातका कुखुरा, विभिन्न प्रकारका तरकारीका बीउबिजन पनि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताउनुभयो । 

गाउँपालिकामा सुनौला हजार दिनका एक सय १० आमालाई प्रतिव्यक्ति एक कुखुराका दरले उन्नत जातका कुखुरा वितरण गरिएको शाखा प्रमुख ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “सुनौला हजार दिनका आमालाई सहयोग मिलोस् भनेर हामीले कुखुरा वितरण गर्न सुरु गरेका छौँ, आमालाई राम्रै सहयोग हुनेछ ।” 

गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत पाँच वडाका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गरिन थालिएको हो । सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्ने उद्देश्यले उन्नत जातका कुखुरा वितरण गरिएको जनाइएको छ ।

गाउँपालिकामा भएका सुनौला हजार दिनका आमालाई कुखुराको अण्डा उत्पादन गरी स्वास्थ्य सुधार र कुपोषणको दर न्यूनीकरण हुने विश्वासले कुखुरा वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । त्यस्तै गाउँपालिकाले कृषिअन्तर्गत सुनौला हजार दिनका आमालाई मौसमी तरकारी वितरण र सरसफाइसम्बन्धी जानकारी गराइएको हो ।

 आमाको आयस्तर बढाउन र कुपोषणदर घटाउन गाउँपालिकाले विभिन्न काम गर्दै आउनुका साथै यो यस्ता खाले अभियान सफल हँुदै आएको अध्यक्ष जैसीले बताउनुभयो । गाउँपालिकामा भएका सुनौला हजार दिनका आमाले कुखुरा पाउन थालेपछि अहिले आमा बनेका महिला निकै खुसी हुन थालेका छन् । अन्य बस्तुभाउभन्दा कुखुरा पाल्न र हुर्काउन सजिलो हुने भएकाले कुखुरा पाएपछि स्थानीय खुसी भएको उहाँको भनाइ छ । 

  सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त उन्नत जातका कुखुरा र तरकारीको बीउ वितरण गरिएको हो । सधैँभरि पोषण दिएर पुग्दैन, आफ्नो घरमै बनाएर खाने बानीको विकास होस् भन्नका लागि पनि वितरण गरिएको उहाँ बताउनुहुन्छ । सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले यो कार्यक्रम प्रभावकारी बनेको जनाइएको छ । यस्ताखाले कार्यक्रमका लागि गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने अध्यक्ष जैसीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस