जिबराज बख्रेल । मकवानपुर
। महिला बालबालिका कार्यलय मकवानपुरको सहयोगमा मानव सेवा अश्रम हेटौडाले आज एक मानसिक अवस्था
कमजोर भएकी युवतिको उद्धार गरेको छ ।
आफ्नो नाम एलिसा कार्की
बताउने २२ वर्षिए उमेरको युवतीलाई लाइ अश्रममा ल्याइएको हो , आफ्नै घर परिवारबाट तिरस्कृत भएर कष्टकर
अवस्थामा गाँउगाँउ डुली हिँडेको अवस्थाबाट महिला बालबालिका कार्यलय मकवानपुरका प्रमूख शोभा शाहले उद्दार
गरि मानवसेवा आश्रम ल्याउन सहयोग गर्नु भएका थियो । बालकल्याण समाजका शुशिल गिरीले पालुङगमा युवतीको
अवस्थामा बारेमा आश्रमलाई जानकारी गराउनु भएको र प्रहरीको सहयोगमा युवातीलाई आश्रममा ल्याउने तयारी भई
रहेको भएपनि माहिला बाल बालिका कार्यलयका प्रमूख शोभा शाहले आज अश्रममा ल्याइदिनु भऐको अश्रमले जनाएको छ
।
परामर्शको क्रममा आफ्नो श्रिमान् भएको, आमा नभएको वताउने उनले
रक्सी खाएर बुबाले पिट्ने गरेको वताएकी थिइन । उनको कुरामा एकरुकता नभएको र भावनात्मक उपचार सँगसँगै
चिकित्सकको परामर्श लिएर औषधी सेवन गराईने अभियन्ता रुपाके.सीले बताउनु भयो।