२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाङमा जिप दुर्घटना : चालकको मृत्यु, ६ जना गम्भीर घाइते

२०८०, १ असार शुक्रबार ०७:०२

असार १, दाङ | दाङको तुलसीपुर- ३ शिरखोलामा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। तुलसीपुरदेखि रोल्पा गंगादेव गाउँपालिका- १ ओतका लागि छुटेको जिप दुर्घटना हुँदा चालक गंगादेव– १ निवासी अन्दाजी ३२ वर्षीय विष्णु पुनको मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। गाडीमा १० जना सवार थिए। तीमध्ये सबै घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए। उनका अनुसार दुर्घटनामा परी ६ जना गम्भीर घाइते छन्। 

गम्भीर घाइतेमध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ। अन्यको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

रा.१ज ५५६ नम्बरको यात्रुवाहक जिप सडकदेखि ६० मिटर तल खसेको थियो। शुक्रबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुगमान गरेको छ। यो विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस