४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्न नगरपालिकानै बाधक

१३ आश्विन २०७३, बिहीबार ०२:०९

पंकज धामी | असोज १३, दार्चुला | दार्चुला जिल्लालाई सन् २०१६ भित्रमा खुला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियान अहिले तीब्रताका साथ चलिरहेको छ । बुधबार दत्तु गाविसलाई जिल्लाको ३६ औँ गाविसको रुपमा खुला दिशामुक्त घोषणा गरिसकेपछि खुल्ला दिशा मुक्त जिल्ला घोषणा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । ‘घर घरमा सौचालय समुदायको सानः सन् २०१६ भित्र खुल्ला दिशा मुक्त जिल्ला घोषणा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ खुला दिशा मुक्त जिल्ला घोषणाको कार्यक्रम थालनि वि.स.२०६८ बाट सुरु भएको थियो । खुला दिशा मुक्त अभियान सुरु भएको केही समयपछि जिल्लाको पहिलो गाविसको रुपमा धारी गाविस खुल्ला दिशा मुक्त गाविस घोषणा भएसँगै खुल्ला दिशामुक्त अभियानले औपचारिकता पाएको थियो ।

प्रत्येक गाउँ विकास समिति खुला दिशामुक्त क्षेत्र घोषणा गरिए पनि अपिनगरपालिका भने खुला दिशामुक्त क्षेत्र घोषणा हुन सकेको छैन । नगरपालिकाका कतिपय वडाहरु (साविकका गाविसहरु) खुला दिशामुक्त भएपनि मूख्य बजार क्षेत्र र साविकको खलंगा गाविसलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सकिएको छैन । यसरी हेर्दा खुला दिशामुक्त क्षेत्र घोषणा अभियानमा नगर क्षेत्र ने बाधक देखिएको छ ।

नगर क्षेत्र किन बाधक ?

दार्चुलाका १ नगरपालिका र ३६ गाविस भध्ये ३६ वटै गाविस खुला दिशा मुक्त घोषणा भैसके पश्चात पनि अपि नगरपालिका खुला दिशा मुक्त जिल्ला घोषणाका लागी बाधक बन्न सक्ने कतिपयले विश्लेषण गर्न थालेका छन् । बजार क्षेत्र र साविकको खलंगा गाविस खुला दिशामुक्त क्षेत्र हुन नसक्नु यसको प्रमाण हो । नगरपालिका क्षेत्रभित्रका केही वडाहरु खुला दिशा भैसके पनि नगरपालिकाको मुटु बजार क्षेत्र र आसपासका वडाहरु खुला दिशामुक्त गर्नमा कठिनाई भैरहेका बेला अबको ३ महिना भित्र जिल्लालाई नै खुला दिशा मुक्त घोषणा गर्न प्रयाप्त नहुने स्थानीयको बुझाई रहेको छ ।

अव्यवस्थित बजार र घना बस्ती र बजार क्षेत्रमा सार्वजनिक सौचालय समेत नहुँदा बजार क्षेत्रमा अभियानलाई निरन्तरता दिन केही समस्या भएको नगरपालिकाले पनि स्विकार गर्दछ । ‘बजार क्षेत्रमा केही समय पहिले सार्वजनिक सौचालय नभएकोले केही समस्या त्यो बेला देखिन्थ्यो ।’ अपि नगरपालिकाका कार्यकारी अधिकृत अम्मर विष्टले भन्नुभयो ‘अहिले सार्वजनिक सौचालय निर्माणको काम भैरहेको छ, जनमानसमा पनि नैतिक दबाब पर्न जान्छ र चाँडै नगरपालिका पनि खुला दिशा मुक्त घोषणा हुनेछ ।’

चौपाया व्यवस्थापनमै हम्मे हम्मे

अपि नगरपालिका क्षेत्रको खलंगा बजार क्षेत्रमा छाडा पशु चौपाया व्यवस्थापन गर्न नगर पालिकालाई हम्मे हम्मे भएको छ । नगरपालिका घोषणा पश्चात बेला बेला छाडा पशु चौपाया व्यवस्थापनका लागी नगरपालिकाले सार्वजनिक सुचना जारी गरे पनि चौपाया धनिहरुले टेर पुच्छर नलाग्दा नगरपालिका घोषणा भएको ३ वर्ष वित्नै लाग्दा समेत नगर क्षेत्रको खलंगा बजारका गल्ली गल्लीमा छोडिएका पशु चौपाया व्यवस्थापन नै फलामको चिउरा चपाउनु सरह भएको छ । छोडिएका चौपायाको सम्बन्ध खुला दिशामुक्त क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने विषय नभए पनि नगरपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने मार्गमा भने यी चौपाया पनि बाधक बन्ने छन् । घरपालुवा चौपायाहरुलाई जाथाभावि छोड्ने, नगरपालिकाले अनुरोध गर्दा पनि टेरपुच्छर नलगाउने नगरबासिन्दाहरुले खुला दिशामुक्त क्षेत्रको अभियानमा सहयोग गर्लान् भन्न सकिने अवस्था छैन । अर्को कुरा छाडा पशु चौपाय नै व्यवस्थापन गर्न नसक्ने नगरपालिकाले कसरी नगर क्षेत्रलाई खुला दिशा मुक्त गर्छ ? हेर्न बाँकी छ ।

असचेत बासिन्दा र सेवाग्राही

बजार क्षेत्रका बासिन्दा र सेवाग्राही सरसफाइमा असचेत बन्दा बजार क्षेत्रको सरसफाइमा निक्कै चुनौति थपिएको छ । बजारमा व्यवसाय गरि बस्ने व्यवसायी र स्थानीयहरुले आफूले उत्सर्जन गर्ने फोहरको उचित व्यवस्थापन गर्न नसकेको अवस्थामा सेवाग्राहीका रुपमा बजार क्षेत्रमा आउने नागरिकले गरेको थप फोहरलाई व्यवस्थापन गर्न समस्या देखिएको छ । बजार क्षेत्रका व्यवसायी र स्थानीयले नै फोहर व्यवस्थापनमा गम्भीर चासो लिएका छैनन् भन्दै दार्चुला उद्योग वाणिज्य संघका महासचिव बिशनसिह बोहराले सेवाग्राहीले गर्ने फोहर झन् चुनौतिपूर्ण रहेको बताउनु भयो ।

आफूले उत्सर्जन गरेको फोहर आफैले व्यवस्थापन गर्नु पर्दछ भन्ने चेतना स्थानीय व्यवसायी, बासिन्दा र सेवाग्राहीमा नआउँदासम्म बजारलाई सरसफाइयुक्त बनाउन सकिने अवस्था छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोमपल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट