२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चेल्सी छाडेर म्यानचेस्टर सिटी जाँदै कोभासिच

२०८०, ६ असार बुधबार १०:५९

असार ६, काठमाडौँ | माटेओ कोभासिच चेल्सी छाडेर ३० मिलियन पाउण्डमा प्रिमियर लिग तथा युरोपियन च्याम्पियन म्यानचेस्टर सिटीसँग अनुबन्धको नजिक पुगेका छन् ।

२९ वर्षीय क्रोएसियाली मिडफिल्डर कोभासिचले सम्भवतः २५ मिलियन प्रारम्भिक र ५ मिलियन पाउण्ड अतिरिक्त शुल्कमा सिटीसँग सम्झौताको तयारी गरिरहेको बीबीसीले दावी गरेको छ ।


चेल्सीका नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो अनुकुलका खेलाडीहरु समेट्नका लागि टिमका खेलाडीहरु बेचिरहेका छन् ।

चेल्सीमा दकोभासिचका टिममेट एनगोलो कान्टेले पनि साउदी अरवको लिग च्याम्पियन अल इत्तेहादसँग सम्झौता गरिरहेका छन् ।

कोभासिच सन् २०१९ मा रियल मड्रिड छाडेर चेल्सी पुगेका थिए । पहिलो वर्ष लोनमा विताएका उनले त्यसपछि पाँच वर्षको सम्झौता गरेका थिए । कोभासिचको आगमनले सिटीमा इल्के गुण्डोगानको भविष्यप्रति सन्देह उत्पन्न भएको छ । किनभने यी जर्मन मिडफिल्डरको सम्झौता समाप्तीको चरणमा छ ।

कोभासिचले पछिल्लो सिजन चेल्सीका लागि सबै प्रतियोगितामा गरेर ३७ खेल खेले ।

प्रिमियर लिगमा १२औं हुनुअघि उनले एकै सिजन तीनजना प्रशिक्षकसँग काम गरे ।

कोभासिच सन् २०२१ मा च्याम्पियन्स लिग जित्ने चेल्सी टिमका सदस्य हुन् । चेल्सीले त्यो सिजन सिटीलाई नै १–० ले हराएर उपाधि जितेको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा कोभासिचले क्रोएसियाका लागि ९५ खेल खेलेका छन् । क्रोएसिया तेस्रो भएको कतार विश्वकपमा उनले सबै खेल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस