२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

८ असार २०८०, शुक्रबार ०८:५२

असार ८, काठमाडौँ | ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए । बेपत्ता दुबैको शव भेटिएको हो  । 

बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा उनीसँगै २९ वर्षीय श्रीमती शिवमाया, १० वर्षीय छोरा दिनेश  र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको थियो ।  आमाबाबुको शव बिहानै भेटिए पनि बेपत्ता छोराछोरीको शव स्थानीयवासी र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । राति करिब ११ बजेतिर बस्ती माथिबाट आएको पहिरोले गुरुङसँगै बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको थियो ।  अन्यले भागेर ज्यान जोगाएका थिए । पहिरोले पुरिएर चार जनाको मृत्यु भएपछि विलन्दुगाउँ शोकमा परेको छ । 

विसं २०७२ को भूकम्पले धाँजा फाटेको जमिनमा पानी पसेर पहिरो जाँदा जनधनको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उक्त क्षेत्रलाई भूकम्पपछि जोखिमयुक्त भनिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा