Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गठबन्धनमा गडबड : धर्मराएकै हो त प्रचण्ड सरकार ?

२०८०, १० असार आईतवार १२:५१

असार १०, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार एक कार्यक्रममा भने- चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिन्छ । सत्ताघटकमध्ये सबैभन्दा ठूलो दलका महामन्त्री थापाले अझ जोड दिँदै भने- सरकार छाड्न परे पनि डर छैन, आगामी चुनावमा कांग्रेस एक्लै लड्छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद् भवन बाहिर सञ्चारकर्मीसित भने- सरकारको आयु सकिन अब केही दिन मात्रै बाँकी छ । यसकै पेरिफेरिमा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले ‘प्रमुख दलहरूको संयुक्त सरकार बनाउनुपर्ने’ भन्दै ट्विट गरे ।

यति मात्रै होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा आउन आग्रह गरिरहेको र रास्वपाले अनेक शर्त राखेर भाउ खोजिरहेको कुरा पनि प्रष्टै छ ।

यीलगायत पछिल्ला घटनाक्रमसँगै नेताका अभिव्यक्ति सुन्दा लाग्छ- सरकार भित्रभित्रै धर्मराएको छ वा अर्कै खिचडी पाकिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले सबैभन्दा ठूलो सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश गएका बेला गठबन्धभित्रै ‘उप–गठबन्धन’ बनाउनुले राजनीतिमा गम्भीर अर्थ राखेको छ । प्रचण्डले गठबन्धनभित्रै कांग्रेसविरुद्धको ‘उप–गठबन्धन’ बनाएको आरोपसमेत लागिरहेको छ ।

सहायक गठबन्धन बन्नुले मूल गठबन्धनमा गडबड भएको अनुमान गर्न कठिन छैन । हुन त, अहिलेको सत्तागठबन्धनमा धेरैपटक ठाकठुक परेर पनि थामथुम पारेको स्पष्टै छ । तर, यसपालिको गडबड भने थामेर नथामिने स्थितिमा पुग्ने आकलन गरिएको छ ।

मूलतः सत्तासाझेदार दुई ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कुरा मिल्न सकेको छैन । तेस्रो ठूलो दल माओवादीलाई बोकेर हिँडेकोप्रति नेपाली कांग्रेसभित्र चर्कै असन्तुष्टि छ । जुन कुरा नेताहरूले खुलेयाम भाषण गर्दै हिँडेका छन् ।

संसदबाट तीन महिनामा दुईपटक विश्वासको मत लिन बाध्य प्रचण्डलाई यतिन्जेल सरकार टिकाउनु नै सबैभन्दा ठूलो सफलता जस्तो भएको छ । क्रमशः कांग्रेस चिढिएपछि संसदको चौथो ठूलो दल रास्वपालाई सरकारमा भित्र्याउन पाए सहज हुने प्रचण्डको अनुमान छ । र, त्यसको तयारी पनि गरिरहेका छन् । तर, रास्वपाले भाउ खोजिरहेका कारण उनलाई अफ्ठेरो परिरहेको छ ।

सत्तासझेदार मध्येको नेकपा एसले पनि प्रचण्डलाई बेला-बेला घुर्क्याइरहेको हुन्छ । तर, जाने ठाउँ कतै नभएपछि प्रचण्डसँगै टाँसिइरहेको नेकपा एसलाई मिलाइराख्न पनि चुनौती नै छ । बेला-बेलामा एमालेमै फर्कने चेतावनी दिइराख्ने सांसदलाई फकाउन नेकपा एसका अध्यक्ष माधव नेपाललाई हम्मेहम्मे परिरहेको छ ।

गठबन्धनमा बढेको गडबडको फाइदा लिने दाउमा छ, प्रमुख प्रतिपक्षी नेकपा एमाले देखिन्छ । अहिलेको सरकार ढालेर सकेसम्म आफ्नै नेतृत्वमा बनाउने, नभए कांग्रेसलाई सघाएर नयाँ सरकार बनाउने एमालेको योजना छ । तर, जसरी पनि गठबन्धन भत्काउने रणनीतिमा देखिन्छ एमाले।

कांग्रेस पनि सधैंभरि माओवादीलाई बोकेर हिँड्ने पक्षमा नभएको कतिपय नेताको अभिव्यक्तिबाटै प्रष्ट हुन्छ । यी सबै घटनाक्रमले अब संसदबाट बजेट पारित भएपछि सरकार परिवर्तनको खेल जोडतोडले अघि बढ्ने संकेत गर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ