2026-07-05 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने

काठमाडौँ | विद्युत प्राधिकरण सञ्चालक समितिको आजको बैठकले विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाट्ने निर्णय गरेको छ। उर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले यस विषयमा छलफल गर्दै यो निर्णय लिएको हो।

एक दिनअघि विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि सोही निर्देशनलाई बैठकले अनुमोदन गरेको हो। तर, सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले भने यो निर्णयप्रति असहमति जनाएका छन्।

गत कात्तिक २५ गते मन्त्रिपरिषद्ले टाइम अफ डे (टीओडी) मिटरको आधारमा १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गरेको थियो। त्यसपछि प्राधिकरणले कात्तिक २७ गते सूचना जारी गर्दै मंसिर १२ भित्र बक्यौता बुझाउन उद्योगहरूलाई समय दिएको थियो।

प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) कुलमान घिसिङले यसअघि बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्ने चेतावनी दिएका थिए। तर, सरकारले उनीमाथि छानबिन गर्न समिति गठन गरेपछि घिसिङ आफ्नो अडानबाट पछि हटेको स्रोतले बताएको छ। यस निर्णयसँगै बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूले तत्कालका लागि राहत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै