२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मुटुरोग अस्पताल निर्माणका लागि कुनै पनि आवश्यक सहयोग गर्छु: सुमार्गी

१२ आश्विन २०७२, मंगलवार १७:३४

sumargiजिबराज बख्रेल । असोज १२, मकवानपुर । मध्यमाञ्चल उद्योग
वाणिज्य महासंघका क्षेत्रीय अध्यक्ष अरुणराज सुमार्गीले हेटौंडामा निर्माणहुन लागेको मुटुरोग अस्पतालका
लागि कुनै पनि आवश्यक सहयोग गर्ने वताउनु भएको छ । विश्व मुटुरोग दिवस को अवसरमा हेटौँडामा भएको
कार्यक्रममा वोल्दै उहाले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मानिस जति स्वस्थ र दिर्घजिवी भयो, त्यति नै समाजमा सेवा गर्न सकिने उल्लेख गर्दै उहाले
मानवीय स्वास्थ्यका बारेमा बृहत जनचेतना जगाउन आवश्यक रहेको मा पनि जोड दिनु भएको थियो । दैनिक खानपान र
रहनसहनमा ध्यान दिए मुटुलाई स्वस्थ राख्न सफल भई दिर्घजीवि बन्न सकिने पनि उहाले विस्वास ब्यक्त गर्नु
भयो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर शाखाले विहान हेटौंडामा प्रभातफेरी संगै शुभकामना
आदाप्रदान कार्यक्रम गरी दिवस मनाइएको थियो ।

हेटौंडा शाखा
कार्यालयबाट निकालिएको प्रभातफेरी कांग्रेस चोक, संगमचोक कान्तिराजपथ हुदै बुद्धचोकमा पुगी कोण सभामा
परीणत भएको थियो । प्रभातफेरीमा प्रतिष्ठानका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरु, स्वास्थ्य
क्षेत्रका प्रतिनिधिहरु, विद्यार्थी लगायत विभिन्न संघसंस्थाबाट सहभागी भएका थिए । कार्यक्रममा सहभागिले
मानिसले खानपानमा ध्यान नदिंदा मुुटुरोगीको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली