Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मकवानपुरमा कृयाशिल पत्रकारलाई पेट्रोल

By साझासवाल 2 मिनेट पढाइ

जिबराज बख्रेल/असोज १६, मकवानपुर । नेपाल पत्रकार महासंघ
मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई आग्रह गरी जिल्लामा कृयाशिल सञ्चारकर्मीहरुलाई पेट्रोल
उपलब्ध गराएको छ ।

भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका कारण
जनताको खबर संकलन एवम् प्रकाशन प्रशारण गर्नुपर्ने सञ्चारकर्मीलाई समस्या परेको भन्दै पत्रकार महासंघले
पेट्रोल उपलब्ध गराउनको निम्ति प्रशासन समक्ष अनुरोध गरेको थियो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगर नेतृत्वको टोलिले केहीदिन देखि प्रमुख
जिल्ला अधिकारी रामप्रसाद थपलिया, सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र प्रहरी प्रमुख
प्रकाशजंग कार्कीलाई पटक पटक भटेर सञ्चारकर्मीको बाध्यतालाई बुझेर पट्रोल उपलब्ध गराउन अग्रह गरेको थियो

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय
मकवानपुरमा शुक्रबार भएको छलफलले कृयाशिल सञ्चारकर्मीले प्रयोग गर्ने मोटरसाइकलको लागि ५ सय रुपैंया
बराबरको पेट्रोल उपलब्ध गराउन निर्णय गरेको हो ।