२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

एनआरएनए बेल्जिमयको प्रमुख नेतृत्वमा दुई नारी

१ श्रावण २०८०, सोमबार ०७:४१

साउन १, काठमाडौँ । गैर आवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको प्रमुख पदमा दुई महिलाले नेत्रित्व लिने भएका छन् । एनआरएनए बेल्जियमको अध्यक्ष पदमा सीता सापकोटा विजयी भएकी हुन् । भने महासचिव पदमा पनि महिलानै निर्वाचित भएकी हुन् । अध्यक्ष पदमा सापकोटाले संघको आइतवार सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदका लागि अर्का प्रत्यासी तीर्थ धमलालाई प्रराजित गरेकी हुन् ।

जम्मा खसेको २०७६ मत मध्ये सापकोटाले १११२ मत प्राप्त गरिन् । धमलाले ९४८ मत प्राप्त गरे । यस्तै संघको महासचिवमा २५ वर्षिया रुविना शर्मासहित पुरै कार्यसमिति निर्विरोध भएको छ । आदर्श नारी गृहको संस्थापक अध्यक्ष समेत रहेकी सापकोटा बिद्यार्थी जीवन देखी नै सामाजिक तथा राजनीतिकमा सक्रिय थिइन् । उनी जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति हुन् ।

माथिको तश्वीरमा क्रमश: अध्यक्ष सापकोटा र महासचिव शर्मा । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा कासी दनई, लोकेन्द्र नेपाल (पुष्प), महिला उपाध्यक्षमा सावित्री गिरी, युवाउपाध्यक्षमा रुवु श्रेष्ठ बस्नेत, जनजाति उपाध्यक्षमा इन्दीरा चाम्लिङ राई निर्विरोध भए ।

यस्तै उपमहासचिवमा राजेन्द्र कार्की, सचिवमा रमेश दाहाल, ईश्वरा शर्मा, संजयदेव श्रेष्ठ, महिला सचिवमा जमुना शर्मा, कोषाध्यक्षमा अजित तुलाचन, सहकोषाध्यक्षमा डा. राजु श्रीवास्तव, महिला संयोजकमा शारदा घिताल, महिला उपसंयोजकमा शरु श्रेष्ठ गुरुङ्ग, युवासंयोजकमा सुदिप चौधरी, अन्तरपेन संयोजक चित्र गुरुङ्ग, लुभेन संयोजक सुरज खरेल, ब्रुज संयोजक देवी कुमारी शर्मा (लक्ष्मी) निर्विरोध भए ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद सापकोटा, रोशन गौतम, दिपीका केसी, विनोद शाही, निता सुब्वा, रस्मी निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचत भएका छन् ।

गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने ११ औं महाधिवेसनको तयारीको लागि जुलाई महिनाभित्र संघका सबै राष्ट्रिय समितिहरुमा अनिवार्य निर्वाचन गर्नु पर्ने वैधानिक व्यवस्था रहेको छ ।

यसै सिलसिलामा आइतवार एनआरएनए चेक गणतन्त्रको अध्यक्षमा वैकुण्ठ रायमाझी सहित नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । यस्तै एनआरएनए बहराईनमा राजु कुमार श्रेष्ठ र एनआरएनए साउदी अरबमा रविना अर्याल निर्विरोध निर्वाचत भएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान