३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इन्डोनेसियाद्वारा ट्वीटर प्रतिबन्ध

१० श्रावण २०८०, बुधबार ०६:५६

एजेन्सी | सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको वेबसाइटलाई परिवर्तन गरेर ‘एक्स डटकम’ बनाएसँगै इन्डोनेसियाले प्रतिबन्ध लगाएको छ ।

यौनजन्य नाममा वेबसाइट ठेगाना आएको भन्दै इन्डोनेसियाले उक्त डोमेन प्रतिबन्ध लगाएको हो । कानूनीरूपमा पोर्न साइट प्रतिबन्ध लगाउन लागू गरिएको कानुन नै उक्त वेबसाइट प्रतिबन्धमा आकर्षित गरिएको छ ।

इन्डोनेसियाका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता उसमान कानसोङले ट्वीटरको नयाँ डोमेनले पहिले पोर्न साइटको रूपमा रहेका वेबसाइटको झल्को दिएको भन्दै यसको प्रतिबन्ध गरेको मिडियालाई बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

केही दिनअघि मात्र ट्वीटरका सीईओ एलन मस्कले ट्वीटरलाई एक्स बनाउने निर्णय लिएका थिए । एक्स मस्कको प्रिय नाम हो । अन्तरिक्ष कम्पनीको नाम पनि उनले स्पेस एक्स राखेका छन् । एलनले आफ्नो व्यवसायिक संस्थाको नाम पनि एक्स कर्पोरेसन राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट