2026-11-19 12:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोदीको नागरिकलाई सुझाव : अनावश्यक खर्च होइन, बचत गर्ने बानी बसालौँ

2026-11-19

काठमाडौँ | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा करिब ५० करोड मानिसलाई गरिबीबाट मुक्त गर्न सफल भएको र ‘माओवादी उग्रवाद’को खतरा अन्त्य भएको दाबी गर्दै अब लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । बुधबार मन्त्रीपरिषद्का सदस्य तथा सरकारी सचिवहरूसँगको बैठकमा उनले लागुऔषध दुर्व्यसन अन्त्यलाई सरकारको अर्को प्रमुख लक्ष्य बनाउन आग्रह गरेका हुन् ।

बैठकमा मोदीले नागरिकलाई बचत गर्ने बानी विकास गर्न पनि आग्रह गरेका थिए । भारतको संस्कृति ‘खाने, पिउने र मोजमस्ती गर्ने’ मात्रै नभएको उल्लेख गर्दै उनले अनावश्यक खर्चभन्दा बचतलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । गरिबीबाट बाहिरिएका मानिसहरू अनुशासनहीन खर्चका कारण पुनः गरिबीमा धकेलिन सक्ने जोखिम रहेकोमा उनको चिन्ता थियो । त्यसैले आर्थिक अनुशासन र बचतको संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

मोदीले सन् २०११ देखि २०२३ सम्म भारतले विश्वकै तीव्र गतिमध्ये एक दरमा गरिबी घटाउन सफल भएको उल्लेख गर्दै यसलाई राष्ट्रिय उत्सवका रूपमा लिनुपर्ने बताए । यस उपलब्धिमा विभिन्न सरकार, सरकारी अधिकारी, उद्योग क्षेत्र र सर्वसाधारणको सामूहिक योगदान रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीको नागरिकलाई सुझाव : अनावश्यक खर्च होइन, बचत गर्ने बानी बसालौँ विद्या भण्डारीको आरोप : महँगीले गरिबको चुलो निभ्दैछ, सरकारप्रति जनगुनासो बढ्दो लगातार घट्दै सुन-चाँदीको मूल्य, बिहीबार सुन तोलामा ३ हजार ३ सय रुपैयाँ सस्तियो काठमाडौँविरुद्ध कामिलको अर्धशतक संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम सर्विया पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने एक युवक पक्राउ सिरहामा एक सातादेखि बेपत्ता ४५ वर्षीय पुरुषको पोखरीमा शव फेला आरोप सत्य वा असत्य जे भए पनि छानबिन हुनुपर्छ : शंकर पोखरेल काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा ओलीको चेतावनी : केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु भन्नेले होसमा बोल्नुपर्छ प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता ओलीको आरोप : खर्बौँ रुपैयाँ थन्किएको छ, पीडितले दुःख पाइरहेका छन्, शिक्षा र स्वास्थ्य क्षेत्र बेहाल छ प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र एमालेको राष्ट्रिय भेला सुरु हुँदै, ओलीले सम्बोधन गर्ने सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता एमालेका तीन केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ ग्रहण एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो