2026-11-23 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय वार्ता सम्पन्न

2026-11-23

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । करिब डेढ घण्टाभन्दा बढी समय चलेको वार्तामा नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष बनाउँदै दुई देशको साझा समृद्धिका लागि सहकार्यलाई थप बलियो बनाउने विषयमा दुवै प्रधानमन्त्रीबीच सहमति भएको छ ।

वार्तामा दुई देशबीचको सम्बन्धलाई युगसुहाउँदो रूपमा रूपान्तरण गर्ने विषयमा मतैक्यता भएको जनाइएको छ । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत छलफल र सहमतिका विषय सार्वजनिक गर्ने कार्यक्रम छ । भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले नेपालमा जनकपुरदेखि भारतको अयोध्यासम्म सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको संयुक्त रूपमा शुभारम्भ गर्ने कार्यक्रमसमेत रहेको छ । यसअघि आज बिहान प्रधानमन्त्री शाहलाई भारत सरकारका तर्फबाट सम्मान गारत प्रदान गरिएको थियो । त्यसपछि उहाँले नयाँदिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र योगदानप्रति सम्मान व्यक्त गर्नुभएको थियो । संयुक्त पत्रकार सम्मेलनपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा उहाँ सहभागी हुने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुने कार्यसूची रहेको छ । भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाहसहितको नेपाली प्रतिनिधिमण्डल आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहको भारत भ्रमणमा आठ विषयमा समझदारी प्रधानमन्त्री बालेनद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ: प्रधानमन्त्री शाह पत्रकार सम्मेलनमा वालेनले गरे नेपाली भाषमा सम्बोधन नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको मात्र होइन, आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो: मोदी भोलि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय वार्ता सम्पन्न गर्भवती युवतीको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड इटहरी मुख्य चोकमा गुडिरहेको कारमा भीषण आगलागी हैदराबाद हाउसमा बालेन–मोदी भेटवार्ता सुरु दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ हुँदै लगातार घटेको सुनको मूल्यमा एकाएक उछाल, तोलामा ४ हजार ८ सयले वृद्धि भारतमा प्रधानमन्त्री बालेनलाई राजकीय सम्मान जेनजीका नाममा ५० वर्षमाथिकाले ढुंगामुढा गरेका थिए : शेरबहादुर देउवा सुदूरपश्चिमविरुद्ध लुम्बिनीको १०० रन पूरा एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा १ नेपालीसहित ५ जना पक्राउ ओलीको राष्ट्रपतिमाथि टिप्पण : डरपोक राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गर्नुभयो एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले लुम्बिनीलाई दियो पहिले ब्याटिङको निम्तो नागढुंगा–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द महेश बस्नेतको दाबी : यो सरकार एक वर्ष पनि टिक्दैन