२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

पुराना श्रमिक लैजान कोरियन रोजगारदाता अनिच्छुक

१४ श्रावण २०८०, आईतवार ०८:२७

साउन १४, काठमाडौँ | कोरियाका रोजगारदाता पुराना नेपाली श्रमिक लैजान अनिच्छुक देखिएका छन् । कोरिया सरकारको अहिलेको व्यवस्थाअनुसार एउटा नेपाली श्रमिक कोरियामा दुई कार्यकालसम्म बस्न पाउँछ । अर्थात्, नौ वर्ष ६ महिना कोरियामा बसेर काम गर्न सक्छन् । तर, कोरियन रोजगारदाताको प्राथमिकतामा भने एकपटक कोरिया गएर फर्केका नेपाली कामदार पर्न छाडेका छन् । यद्यपि, रोजगारदाताले चाहेको खण्डमा पुराना श्रमिकलाई पुनः सोही काममा लैजान पाउने व्यवस्था छ । तर, यसका लागि श्रमिकले फेरि भाषा परीक्षा भने उत्तीर्ण गर्नुपर्ने हुन्छ ।

पहिला काम गरेको क्षेत्रमा नै काम गर्न चाहने श्रमिकले सिबिटी परीक्षा पास गरेपछि पुनः रोस्टरमा सूचीकृत हुन्छन् । पहिलेकै रोजगारदाताले छनोट गरेको खण्डमा श्रमिक सोही कामका लागि जान पाउने व्यवस्था भएको वैदेशिक रोजगार विभागको इपिएस शाखाका निवर्तमान प्रमुख पुष्पराज कटुवालले बताए । तर, पहिलाको भन्दा फरक क्षेत्रमा काम गर्न जान चाहेको खण्डमा श्रमिकले नयाँ श्रमिकसरह भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । 

यो वर्ष थोरै संख्यामा मात्रै पुराना श्रमिकलाई कोरियाका रोजगारदाताले छनोट गरेको उनले बताए । नयाँ श्रमिकलाई लैजाँदा दुई कार्यकाल काममा लगाउने पाइने, तर पुरानो श्रमिकलाई एक कार्यकाल मात्रै राख्न पाउने भएकाले पनि कोरियन रोजगारदाताले नयाँ छानेको हुन सक्ने उनको अनुमान छ । ‘सायद उमेरले पनि हुन सक्छ । पुराना श्रमिक स्वाभाविक रूपमै बढी उमेरका हुन्छन्, नयाँ कामदार अलि कम उमेरका हुने भएकाले पनि रोजगारदाताको रोजाइमा नयाँ परेको हुन सक्छ,’ उनले भने । श्रमिक छनोटको सम्पूर्ण अधिकार रोजगारदातामा नै निहित हुने उनले बताए । गत आर्थिक वर्ष ०७९/८० मा २२ हजार नौ सय २२ श्रमिक कोरिया पुगे । जसमध्ये १६ हजार ६ सय ८१ नयाँ श्रमिक थिए भने ६ हजार दुई सय ४१ पुराना श्रमिक कोरिया गए । 

इपिएस प्रणालीबाट दक्षिण कोरिया गएर फर्केका श्रमिक पनि पुनः कोरिया जान पाउनुपर्ने भन्दै केही दिनदेखि आन्दोलनमा उत्रिएका थिए । तर, नेपालका लागि इपिएस सेन्टरका प्रतिनिधि, वैदेशिक रोजगार विभागको इपिएस शाखा र आन्दोलित श्रमिकबीच भएको छलफलपछि सरकारले रिटर्नी श्रमिकलाई पनि छनोट गर्न कूटनीतिक पहल गर्ने सहमति भएपछि श्रमिकले पनि आन्दोलन रोक्न तयार भएका हुन् । 

करिब तीन हजार पुराना श्रमिक रोस्टरमा 

इपिएस प्रणालीमार्फत कोरिया जान चाहने नेपाली श्रमिकका लागि भाषा परीक्षा अनिवार्य सर्त हो । भाषा परीक्षा उत्तीर्ण गरेको नेपाली युवाको नाम रोस्टरमा राखिन्छ । कोरियन रोजगारदाताले रोस्टरमा राखेको नामबाट आफूलाई मन पर्ने श्रमिक छनोट गर्छ । छनोट गरेको श्रमिकसँग उसले श्रम सम्झौता गर्छ । सम्झौतापछि भिसा पठाउँछ । श्रमिकले पनि श्रम स्वीकृति लिएर कोरिया जान सक्छन् । कोरिया जाने श्रमिकको एक कार्यकालको अवधिमा चार वर्ष १० महिना हुन्छ । 

कोरिया जाने श्रमिकको रोस्टरमा हाल नौ हजार नेपाली युवा सूचीकृत छन् । जसमध्ये ६ हजार उत्पादनमा क्षेत्रका छन् भने तीन हजार कृषि क्षेत्रका छन् । सूचीकृतमध्ये तीन हजार पुराना श्रमिक छन् । पुराना श्रमिमध्ये २५ सय उत्पादन क्षेत्रका छन् भने पाँच सय कृषिमा क्षेत्रमा भएको इपिएस प्रमुख कटुवालले बताए । – नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै