2026-09-08 01:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

एनआरएनए माल्टामा रेम्स खनालको अध्यक्षतामा नयाँ नेतृत्व, नमुना एनसीसी बनाउने घोषणा

साउन १५, काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय समिति माल्टाको आगामी २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचनमार्फत रेमलाल खनाल(रेम्स) को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा आईसिसि सदस्यमा भुवन अर्याल, नवीन गिरी र गोबिन्द खरेल चयन भएका छन् ।

खनाल नेतृत्वको कार्यसमितिको उपाध्यक्षमा मधु गुरुङ, प्रेम लिम्बू सत्यनारायण झा, प्रकाश थापा र महिला उपाध्यक्षमा सबनम गुरुङ निर्वाचित भएका छन् भने युवा उपाध्यक्षमा बिजय परियार, महासचिवमा सन्देश केसी, उपमहासचिवमा रामप्रसाद भण्डारी, सचिवमा ममता श्रेष्ठ र भुवन झा, कोषाध्यक्षमा निरज श्रेष्ठ, सहकोषाध्यक्षमा सुबास तिम्सिना, युवा संयोजकमा गुनाखर चापागाईं (बिबेक) र महिला संयोजकमा धनु तामाङ चयन भएका छन् । यस्तै नवनिर्वाचित कार्यसमितिमा सदस्य दिपेश गुरुङ, हरि प्रसाद पौडेल, कृष्ण भण्डारी, दामोदर लामिछाने, अनिल राना र प्रकाश तिमिल्सिना निर्वाचति भएका छन् ।

माल्टामा हेभीवेट उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका खनालले आफू अध्यक्ष भएान गर्ने कामहरुलाई २५ बुँदामा सार्वजनिक गरेका थिए । बिगत ८ वर्षदेखि माल्टामा बसोबास गर्दै आएका रेम्स एनआरएनए माल्टाको स्थापनाकालदेखि नै अभियानमा जोडिएका ब्यक्ति हुन् । संस्थाको संस्थापक उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै उनी नेतृत्वको दौडमा होमिएका थिए ।

माल्टालाई विश्वको नमुना एनसीसी बनाउने घोषणासमेत गरेका उनले आफू माल्टामा सर्वसम्मति नेतृत्वको पक्षमा रहेको बताएका थिए । उम्मेदवारी घोषणा कार्यक्रममार्फत् उनले आफ्नो प्रतिवद्धता र संकल्प पनि सार्वजनिक गरेका थिए । ‘पद्धति र पारदर्शिता समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित उनले आफ्नो २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

खनालले संस्थाको आफ्नो कार्यलय सन्चालन गर्ने, संस्थाको कोषमा हुने रकममा आर्थिक पारदर्शिता हुने, संस्थाका हरेक सामाजिक तथा आर्थिक गतिविधिलाई पारदर्शी रुपमा आधिकारिक सामाजिक संजालको एकाउन्ट साथै गैरआबसिय नेपाली संघ एनआरएनए माल्टाको आधिकारिक वेभसाइट बनाएर राखिने, आम नेपाली श्रमिकहरुका लागि चरणवद्ध तरिकाले आई पर्ने समस्याको उचित समाधानसहित चेतनामुलक कार्यक्रमहरु संचालन गर्दै माल्टामा क्रियाशील सबै संघ–संस्थाहरुसँग संस्थागत रुपमा संम्वन्ध स्थापित गरि थप कार्यहरु गरिने आफनो प्रतिबद्धतामा उल्लेख गरेका छन् ।

खनालले जारी गरेको प्रतिबद्धतामा नेपाल सरकार तथा माल्टा सरकारसँग समन्वय गरी श्रम नवीकरण, पासपोर्ट नवीकरण गर्न , प्रत्येक ३ महिनामा एक पटक घुम्ती शिविर चलाउन पहल गरिने, संस्थाका आन्तरीक बैठक बाहेक सबै बैठकहरु प्रत्यक्ष प्रशारण गरी संस्थाको पारदर्शिता कायम राख्ने, माल्टामा काम गर्दैगर्दा कम्पनी परिबर्तन गर्नु पर्ने बेला आई पर्ने ID Malta, Jobplus सम्बधि समस्याको समाधानका निम्ती DIER / GWU संग सहकार्य गरी समाधानका निम्ती उचित पहल गरिने, हाल नेपाल सरकारले लागू गरेको सामाजिक सुरक्षाकोषको प्रचार प्रसारको लगि सचेतनामूलक कार्यक्रमहरु गरिने, नेपाल सरकार, नेपाली दुताबास, नेपाली नियोग एवंम अबैतनिक बाणिज्य दुत र माल्टामा क्रियाशील संघसस्थाहरु बिच आपसी सहाकार्य र दिगो संबन्ध स्थापित गर्न पहल गरिने, नेपाल सरकारसंग सहकार्य गरी नेपाली समुदायमा आइपरेका समस्या तथा समस्यामा परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल एवं रचानात्मक ढंगवाट कार्य सम्पादन गरिने प्रतिबद्धता जनाएका छन् ।

यस्तै नेपाल र नेपालीको पहिचान झल्कने गरी नेपाली कला तथा संस्कृतिलाई माल्टा र विश्व सामु चिनाउनका लागि गैरआवासीय नेपाली संघको विश्व संजाल र एनसिसि माल्टाको सहकार्यमा आवश्यक कार्यक्रमहरु गरिने, राष्ट्रको लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल मन्त्रका साथ विभिन्न बिधाका खेलमा प्रतियोगिताको आयोजना गरिनेछ । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद सँग समन्वय गरी माल्टाबाट विभिन्न खेल विधाका उत्कृष्ट खेलाडीहरुलाई युरोप र नेपालमा हुने बिभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागि गराइने, बैकल्पिक राहत कोषको स्थापना गरिने, वैकल्पिक राहत कोषलाई आर्थिक रूपमा दरिलो बनाउनका लागि गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद र विभिन्न दाताहरूसँग सहयोगमा स्थायी कोषको ब्यबस्था गरिने, संस्था भित्र हुने विभिन्न गुट–उप–गुट साथै अवैधानिक क्रियाकलापलाई निरुत्साहित एवं बञ्चित गरिनेछ र संस्थालाई संगठित गरी पारदर्शिता साथै माल्टामा रहेका सम्पुर्ण नेपालिहरुको अभिभावकत्व महसुस हुने गरी काम गरिनेलगायतका प्रतिबद्धता खनालले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल