१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेले घोषणा गरे महिलालाई निःशुल्क बसदेखि विदेशमा चितवन क्लब खोल्नेसम्मका कार्यक्रम

१७ श्रावण २०८०, बुधबार ०८:१४

साउन १७, काठमाडौँ | चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा रवि लामिछाने निर्वाचित  भएको बुधबार एक सय दिन भएको छ । उनी एक सय दिनभित्रमा आफूले गरेका काम र बनाएका योजना सुनाउन पर्दामा उभिएका थिए। उनले आफ्नो निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क बस सञ्चालन गर्नेदेखि विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारी दिने कार्यक्रहरू सुनाए। निर्वाचित भएको सयौं दिनमा लामिछानेले आफ्नो निर्वाचन क्षेत्रबाट केही नयाँ कामको थालनी नै गरेका छन्।

उनले विदेशमा रहेका नेपालीलाई स्वेदशमै कामको अवसर दिलाउने गरी अहिले एक सय जनालाई रोजगारीका लागि विज्ञापन गरेको बताए। विदेशमा सीप सिकेका, योग्यता हासिल गरेकालाई प्रोत्साहन गर्न मासिक ४० हजार रुपैयाँ देखि डेढ लाख रुपैयाँसम्म तलबमा काम गर्न आह्वान गरेको उनले बताए। रोजगारदाताको सर्तमा सहमत भए राष्ट्रिय स्वतन्त्र पार्टीले उनीहरुलाई काममा लगाउन समन्वय गर्ने लामिछानेले बताए। 

साथै निर्वाचनअघि गरेको घोषणाअनुरुप आफ्नो सचिवालयमा बेलायतबाट उच्च शिक्षा हासिल गरेर फर्किएका व्यक्तिलाई सिइओ बनाएको जानकारी लामिछानेले दिएका छन्। ४०० बढी आवेदनबाट अन्तर्वार्तामार्फत् बेलायतबाट उच्च शिक्षा हासिल गरेपछि जागिर छाडेर फर्किएका सूचना प्रविधि तथा डाटा सेन्टर कन्सल्टेन्ट तथा लेखक हेमन्त बराल छनोट भएको उनले जानकारी दिए।

चितवन क्षेत्र नम्बर २ का महिलाले निःशुल्क सेवा पाउनेगरी बुधबार ‘ब्लू बस’ को सेवा शुभारम्भ गरिएको छ। निलो रङको यो बस भरतपुरका विभिन्न रूटहरू चल्नेछ। पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाएर यो सेवा सुरू गरिएको छ। बसमा रहेको मेसिनमा कार्डले छोएपछि सेवा निःशुल्क हुने लामिछानेले बताए। कार्डले बसमा को-को चढे भन्ने कुराको रेकर्ड पनि रहनेछ। माग र उपयोगअनुसार समन्वय गरी भविष्यमा अन्य बस पनि थप गर्ने उनले बताए।

‘बसमा महिलाहरूका लागि आवश्यक पर्ने स्यानेटरी प्याड पनि रहनेछ। एउटा सूचना बक्स पनि रहन्छ। त्यसमा गुनासोहरू राख्न पाउनुहुन्छ,’ लामिछानेले भने, ‘एउटा जनप्रतिनिधिले सार्वजनिक यातायात कस्तो हुनुपर्छ भन्ने सपना देख्नुपर्छ। अझ सार्वजनिक सवारीमा महिलाको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्छ। देख्नुपर्छ, देखाउनुपर्छ।’

सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाका लागि निःशुल्क मोबाइल क्लिनिक सञ्चालनमा ल्याउने घोषणा गरे। एक जना एमबिबिएस डाक्टरसहितको मोबाइल क्लिनिकले घरघरमा गएर प्राथमिक उपचार सेवा दिनेछ। थप उपचार चाहिए सम्बन्धित अस्पताल र डाक्टर सिफारिस गर्न सहजीकरण गर्नेछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन