2026-10-19 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौँ | राष्ट्रपति कार्यालय शीतल निवासमा सजाएर राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौँ महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा नगरपालिका–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा तथा गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) शरद थापाका अनुसार मनमैजु क्षेत्रमा केही व्यक्तिहरूले हात्तीका दाह्रा बिक्री–वितरण गर्न लागेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा तार्केश्वर–९ मनमैजुस्थित राजिव महर्जनको घर नजिकैको खाली जग्गामा हात्तीका दाह्रा टुक्रा–टुक्रा पारेर गाडेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले राजिवको घरबाट हात्तीका दाह्राका दुई टुक्रासहित लागुऔषध ट्रामाडोलका १५० ट्याब्लेटसमेत बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा टोखा–२ सपनतिर्थ बस्ने पुरन बोहराको समेत संलग्नता रहेको खुलेपछि उनलाई पक्राउ गरिएको थियो। थप अनुसन्धानका क्रममा पुरनले हात्तीका दुई टुक्रा दाह्रा मनमैजुमा बस्ने सन्तबहादुर भुजेलको कोठाको झ्यालमा राखिएको जानकारी दिएको प्रहरीको भनाइ छ। बरामद गरिएका दाह्रा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएका रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। गत वर्ष भएको ‘जेनजी आन्दोलन’का क्रममा शीतल निवासबाट हराएका ती दाह्रा चोरी भएको करिब नौ महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गर्न सफल भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ