Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लिङ्देनलाई कमल थापाको प्रस्ताव : सँगै सडक आन्दोलन गरौं, नेतृत्वको समस्या आउँदैन

२०८०, १७ श्रावण बुधबार ११:१०

साउन १७, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहरी खेलमा नलागी सडक आन्दोलनमा आउन आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस्तो आग्रह गरेका हुन् ।

पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शन अनुसार विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने थापाले स्पष्ट पारे ।

उनले भने, ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन । राप्रपाले सडकमा आउने हिम्मत गरोस् । हामीसँगै आन्दोलनमा जान तयार छौं, नेतृत्व समस्याको विषय हुँदैन ।’

थापाले केशरबहादुर विष्ट, दुर्गा प्रसाईं, किशोरी महतोलगायत विभिन्न समूहमा रहेका शक्तिहरुलाई पनि एकताबद्ध भएर आन्दोलनको आँधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे ।

‘अहिले हामीलाई आन्दोलन चाहिएको छ, निकास चाहिएको छ, विकास चाहिएको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो,’ थापाले भने ।

उनले थपे, ‘हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने छौं । पद–प्रतिष्ठा गौण विषय हुन् ।’

सो अवसरमा तत्कालीन सङ्खुवासभा जिविसका सभापति पदमकेशर कार्की र पर्सा जिविस सभापति शम्भु चौरसियालाई थापाले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना