२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वीडेन र दक्षिण अफ्रिका महिला विश्वकपको नकआउटमा, इटाली र अर्जेन्टिना बाहिरिए

२०८०, १७ श्रावण बुधबार ११:३९

साउन १७, काठमाडौँ | महिला विश्वकप फुटबलमा समूह जीबाट स्वीडेन र दक्षिण अफ्रिका नक आउट चरणमा पुगेका छन् भने इटाली र अर्जेन्टिना समूह चरणबाटै घर फर्केका छन् ।

अर्जेन्टिनालाई २–० ले पराजित गर्दै स्विडेन समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


न्युजिल्यान्डको ह्यामिल्टनस्थित वाइकाटो स्टेडियममा बुधबार भएको खेलमा स्वीडेनको जितमा रेविका ब्लोमभिस्ट र एलिन रुवेन्सनले गोल गरेका हुन् ।

खेलको ६६औं मिनेटमा रेविकाले गोल गर्दै स्विडेनलाई १–० को अग्रता दिलाइन् । यस्तै इन्जुरी समयमा एलिन रुवेन्सनले पेनाल्टीमा गोल गर्दै स्वीडेनलाई २–० को सहज जित दिलाइन् ।

ग्राविएला चाभेजले पेनाल्टी बक्समा रेविका ब्लोमभिस्टमाथि फउल गरेपछि रेफ्रीले स्वीडेनलाई पेनाल्टी प्रदान गर्दा उनी चुकिनन् ।

स्वीडेनसँगको हारसँगै अर्जेन्टिना भने समूहको पुछारमा रहँदै घर फर्केको छ ।

इटालीमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

यो समूहको अर्को खेलमा अन्तिम समयमा इटालीमाथि गोल गर्दै दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेको छ । दक्षिण अफ्रिकाले इटालीलाई ३–२ ले हरायो ।

२–२ को बराबरीतिर धकेलिएको खेलमा थेम्बी कागत्लानाले इन्जुरी समयमा गोल गरेपछि दक्षिण अफ्रिका नकआउट चरणमा पुगेको छ ।

इटालीका लागि एरिएना करुसोले ११औं र ७४औं मिनेटमा २ गोल गरे पनि टिमको हार टार्न सकिनन् ।

न्युजिल्यान्डको वेलिङटनस्थित वेलिङटन रिजन स्टेडियममा बुधबार भएको रोमाञ्चक खेलमा ३२औं मिनेटमा बेनेडेट्टा ओर्सीले आत्मघाती गोल गरेपछि खेलमा फकिएको दक्षिण अफ्रिकाका लागि ६७औं मिनेटमा हिल्दाह मागाएले अर्को गोल गरेकी थिइन् ।

यो समूहका सबै ३ खेल जितेको स्वीडेनको ९ अंक भयो । स्वीडेनसँग पराजित अर्जेन्टिना १ अंक मात्र बटुलेर पुछारमा रह्यो । इटालीलाई हराउने दक्षिण अप्रिकाले ४ अंक बटुल्यो भने इटालीको ३ अंक मात्र भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण