2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

राष्ट्रभक्तिका साहित्य सुनाइए सडकमा

कार्तिक १५, मकवानपुर / मकवानपुरका प्रगतिशील साहित्यकारहरुले आज सडकमै
राष्ट्रिय भक्तिभावले भरिएका साहित्यिक रचना सुनाएका छन् । हेटौंडा बजारको बुद्धचोक नजिकै सडकमा
उनीहरुले कविता, गजल, कथा जस्ता साहित्यिक सृजना सुनाएका हुन् । कायक्रममा साहित्यकारहरु निमेश निखिल,
नवराज शर्मा, मिनप्रसाद लामिछाने, यस लामा, जेनन नेपाल, प्रमोद अधिकारी लगायतले राष्ट्रिप्रेम र
प्रगतीशील साहित्यिक सृजना प्रस्तुत गरेका थिए ।

जनसाहित्य शब्द
यात्रा अन्तर्गत प्रगतिशील लेखक संघ मकवानपुरले सडक कविता वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
जिल्लाका साहित्यकार तथा साहित्यप्रेमी दर्शक सहभागी कार्यक्रममा संघका उपाध्यक्ष दिपक गौतमको अध्यक्षता
रहेको थियो । यसैबीच, साहित्य संगम मकवानपुरले पनि आज २ सय ४१ औं साहित्य सन्ध्या सम्पन्न गरेको छ ।
साहित्यिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले नियमित रुपमा सन्ध्या सञ्चालन गर्दै आएको संगमले
कार्यक्रमलाई निरन्तरता दिएको हो ।

संगमका अध्यक्ष सुवास खनालको
अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा साहित्यकार निमेश निखिलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा
साहित्यकारहरु देवराज खरेल, तुलसी घिमिरे, शम्भु बाँस्कोटा, आरसी रिजाल, तिर्थदेवी सिलवाल, सुन्दर
कार्की लगायतका अतिथिहरु रहेका थिए ।

कार्यक्रममा साहित्यकारहरु
उमेश तिमल्सिना, अनिता न्यौपाने, अर्जुन क्षितिज, छवि अनित्य, अप्सरा तिम्सिना लगायत करिब डेढ दर्जन
साहित्यकारहरुले रचना वाचन गरेका थिए । साहित्यकारहरुले आफ्ना रचना मार्फत राष्ट्रियता झल्काउँदै
समसामयिक सन्दर्भका रचनाहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो