2026-09-08 01:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कुवेतको जेलमा ५७ नेपाली, दुईलाई जन्मकैद सुनाइएको छ : प्रस्तावित राजदूत लम्साल

साउन १८, काठमाडौं | कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले ५७ जना नेपाली कुवेतका विभिन्न जेलमा कैदी जीवन बिताइरहेको जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयका सहसचिव समेत रहेका लम्सालले कुवेतको जेलमा कैदी जीवन बिताइरहेकामध्ये एक पुरुष र एक महिलालाई जन्मकैदको सजाय सुनाइएको बताए ।

संघीय संसदको संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा प्रस्तावित राजदूत लम्सालले कुवेतमा नेपाली श्रमिकको संख्या ८५ हजार पुगेको आकलन रहेको पनि बताए । ‘कुवेतका जेलमा ५७ जना नेपाली अहिले जेलमा रहेका छन् । ३६ जनालाई दूतावासले भेटिसकेको छ । धेरैजसो ड्रगको मुद्दामा जेलमा परेका छन्,’ उनले भने, ‘जेलमा रहेकामध्ये १ महिला र १ पुरुष लाइफ सेन्टेन्स (जन्मकैद) पाएका छन् ।’

आफू राजदूत बनेर गएपछि कुवेतको जेलमा रहेका नेपालीको कैद घटाउने आफ्नो पहल हुने लम्सालले प्रतिबद्धता जनाए ।

कुवेतमा महिलालाई कामदारका रुपमा जान प्रतिबन्ध लगाएको छ । तर, अवैध प्रक्रिया र बाटोबाट हजारौं महिला पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल