२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

यूएई र कुवेतका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो

१८ श्रावण २०८०, बिहीबार १०:५४

साउन १८, काठमाडौँ | संसदीय सुनुवाइ विशेष समितिले दुई देशका प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न गरेको छ ।

समितिले आज यूएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री र कुवेताका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ सम्पन्न गरेको हो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफु राजदूत बनेर गएमा दुइृ देशबीच सम्बन्धलाई थप सुदृढ बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

सुनुवाईका क्रममा सांसदहरुले विभिन्न प्रश्न गरेका थिए । यूएईका लागि प्रस्तावित राजदूत क्षेत्रीलाई नेकपा एमाले सांसद ईश्वरी घर्तीले महिलालाई दुव्र्यवहार गर्ने गरेको आरोप लाग्छ रे हो ? भनेर प्रश्न गरेकी थिईन् । उनले क्षेत्रीलाई तपाँई एक प्याराग्राफपनि अंग्रेजी लेख्न जान्नु हुन्न रे ? भन्दै प्रश्न गरेकी थिईन् । जवाफमा क्षेत्रीले आफु २६ वर्षदेखि कुटनीतिको क्षेत्रमा रहेको भन्दै आफ्नो भलो नचाहनेहरुले गलतरुपमा उजुरी दिएको बताए ।

त्यस्तै सांसद प्रकाश अधिकारीले यूएई रोजगारिको राम्रो सम्भावना भएको देश रहेको भन्दै नेपाल र यूएईबीच बिप्पा सम्झौता कार्यान्वयन गराउन भूमिका खेल्न आग्रह गरे ।

संसदीय सुनुवाइ समितिले सुनुवाइ सम्पन्न गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त हुनेछन् । प्रस्तावित राजदूतहरु गत असार २८ गते सिफारिस भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य