२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कुर्दिस्तानमा खोलामा डुबेर मृत्यु भएका हस्त बहादुर शव नेपाल पठाइयो

२३ श्रावण २०८०, मंगलवार १६:११

साउन २३, काठमाडौँ । कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएका हस्त बहादुर वाइवाको शब आज नेपाल पठाइएको छ । वाइवाको गत २६ जुनका दिन इदको छुट्टि मनाउने क्रममा कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएको थियो ।


गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, इराकका अध्यक्ष बिनोद श्रेष्ठका अनुसार गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, इराकको पहलमा सुलेमानिमा स्थापित संघ-संस्था नेपाल तामाङ घेदुङ कुर्दिस्तान कुर्दिस्तान, कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानी र नेपाल ख्रीष्टियन समाज सुलेमानीको सहयोगमा वाइवाको शव नेपाल पठाइएको हो । साथै वाइवाको शव नेपाल पठाउन अन्य सहयोग गर्ने बिभिन्न संस्थाहरुको अलावा अभियान्ता, नेपाली महिला समाज कुर्दिस्तान इराकको अभियान लगायतलाई धन्यवाद दिईएको छ ।

वाइवाको शव नेपाल पठाउन लाग्ने कुल खर्च ४ हजार ३०० डलरमा रोजगारदाता कम्पनिले २ हजार १५० डलर ब्यहोरेको छ । साथै मृतक वाइबाको साथमा भएको प्रहरी मार्फत प्राप्त भएको रकम ५२७ डलर र शव पठाउने अभियान चलाएर उठेको रकम २ हजार ९०४ डलरमा बाँकी रहेको एक हजार २८१ डलर इनारएनए इराकसँगनै रहेको र उक्त रकम एनसीसी इराकको बैठक बसि केही थप सहयोग रकम सहित मृतकको परिवारलाई पठाउने गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, इराकका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिएका छन् । 

अध्यक्ष श्रेष्ठले सम्पुर्ण सहयोगिहरुको नामावली र रकम सहित शुक्रबारको बैठक पछि फेसबुक पेज बाट पारदर्शी तरिकाले सार्वजनिक गरिने जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य