नन्दराम जैशी/असोज १६, जुम्ला । जुम्ला सिंजा क्षेत्रका कृषक महिलाहरुले आइतबार जिल्ला कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लामा अनुसन्धानका लागि लगाइएका कृषि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

नन्दराम जैशी/असोज १६, जुम्ला । जुम्ला सिंजा क्षेत्रका कृषक महिलाहरुले आइतबार जिल्ला कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लामा अनुसन्धानका लागि लगाइएका कृषि "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिंजाका कृषक महिलाद्धारा केन्द्रमा लगाइएका कृषि बालिको भम्रण

१६ आश्विन २०७३, आईतवार ११:३२

 

नन्दराम जैशी/असोज १६, जुम्ला । जुम्ला सिंजा क्षेत्रका कृषक महिलाहरुले आइतबार जिल्ला कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लामा अनुसन्धानका लागि लगाइएका कृषि बालिहरुको भम्रण अवलोकन गरेका छन् । 

कृषि अनुसन्धान केन्द्र विजयनगरले आइतबार आयोजना गरेको १ दिने महिला कृषक भ्रमण कार्यक्रमका अवसरमा सिंजाको नराकोट र शनिगाँउ गाविसका कृषक महिलाहरले भम्रण अवलोकन गरेका हुन् । 

भम्रण अवलोकनका क्रममा सहभागि महिलाहरुले केन्द्रमा अनुसन्धानका लागि लगाइएका बालिहरुमध्य विशेष गरी धान र सिमि जातका बालिहरु मन पराएका छन् । धान जातको बालिमा चन्दननाथ १/३ र लेकालि १/३ जातको बालिलाइ खेतिका लागि रुचाएको उनिहरुको भनाइ छ । 

अन्य जातका धान भन्दा चन्दननाथ १÷३ र लेकालि १÷३ जातको धानबालि ब्लाष्ट रोग र  उत्पादनका हिसाबले राम्रो भएको नराकोट १ कि आशा चौलागाँइको भनाइ छ । यस्तै सिमिबालिमा कर्णाली बिन लाइन के.बि.एल २, के.बि.एल ८ र पि.बि ००२ जातको सिमि सिंजामा खेतिका लागि उत्तम भएको भन्दै उत्पादनका हिबाबले पनि अन्य जातभन्दा राम्रो भएको भम्रण अवलोकनका क्रममा सबै सहभागिले बताएका छन् । 

भम्रणमा सहभागि शनिगाँउ १ कि सुनिता धितालले अवलोकनको क्रममा केन्द्रमा अनुसन्धानका लागि लगाइएका सबै बालि राम्रा र गुणस्तरीय देखिएपनि केन्द्रको मापदण्ड र कृषि विज्ञहरुको सल्लाह बमोजिम गाँउमा बालि उत्पादन गर्न चुनौति रहेको बताउनुभयो । 


उहाले भन्नुभयो, गाँउमा पुरानै परम्परा अनुसार खेति प्रणालि गरीन्छ, आधुनिक कृषि खेतिले कृषकलाइ फाइदा भएपनि कृषकले त्यसो गर्ने गरेका छैनन् आधुनिक कृषि प्रणालिले कृषकलाइ फाइदा नै हुन्छ, कृषि विज्ञहरको सल्लाहलाइ अपनाउन जरुरी छ, उहाको भनाइ छ । 

केन्द्र प्रमुख रामचन्द्रीका प्रसादका अनुसार सिंजाको नराकोट र शनिगाँउ गाविसमा स्थानिय स्तरमा बालि अनुसन्धान र बिउ बिज बृद्धि कार्यक्रम संचालन भैरहेको छ । २०१७ को मार्च सम्म संचालन हुने उक्त कार्यक्रम अन्र्तगत बालि अनुसन्धान, बिउ बिज बृद्धि कार्यक्रम, कृषि सम्बन्धी विभिन्न अन्र्तक्रिया, तालिम तथा भम्रणहरु भैरहेका केन्द्र प्रमुख रामचन्द्रीका प्रसादले बताउनुभयो । 


केन्द्रका प्राविधिक अधिकृत पारषमणि महतले हाल अनुसन्धान भैरहका बालि मध्य सिमि जातका बालिमा केहि जातहरु सिफारीस गर्ने क्रममा रहेको बताउनुभयो । स्थानिय कृषकले मन पराएका र जुम्लामा खेतिका लागि योग्य ठानिएका सिमिबालि सिफारिस गरीने उहाको भनाइ छ । 

जिल्लामा एकिकृत बालि पद्धतिका लागि उपयुक्त खेति योग्य जग्गा नभएकाले कृषकलाइ समस्या भएको महतले बताउनुभयो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने