2026-09-08 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

पोर्चुगलबाट डिआरसी तिलक गैरेद्वारा एनआरएनए सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा

भदौ ११, काठमाडौँ । पोर्चुगल,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)को आगामी १७-२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३-२५ कार्यकालका लागि पोर्चुगलका युरोप सह संयोजक तिलक गैरेले आईसिसि  सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । नेपाली नारी समाज र  महिला समाज पोर्चुगलको आइतवार लिस्बनमा आयोजित संयुक्त अधिवेशनको अवसरमा गैरेले सह कोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । गैरे हाल एनआरएनए युरोप क्षेत्रका उपसंयोजक(डिआरसी) रहेका छन ।

पोर्चुगलमा कृषि व्यवसाय र नेपालमा विभिन्न ब्यावसायमा संलग्न गैरेले  सयौं नेपाली लगायत श्रमिकहरुलाई रोजगारी दिएका छन । गैरेको नेपालमा हाइड्रोपावर र होटल व्यवसायमा ठुलो लगानी रहेको छ ।

गैरे १५ बर्षदेखि एनआरएनएको  अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएका ब्यक्ति हुन । गैरेले विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, लेखा समिती संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन भने हाल युरोप क्षेत्रको उपसंयोजक(DRC)को रूपमा क्रियाशील रहेका छन ।

गैरेले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आफ्नो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र अझै पनि केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन २०२३-२५ कार्यकालको लागि  आईसिसि सह-कोषाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए । संघमा उनले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एवं गैरआवासीय नेपालीको लागि आफूले खेल्ने भूमिकालाई मूल्यांकन गरी आफूलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनुहुन सम्पुर्ण अभियन्ता र गैर आवासीय नेपालीहरुमा आग्रह गरेका छन । नम्र र शालीन स्वभावका गैरे सफल व्यवसायी र समाजसेवीको रूपमा विश्वमा परिचित छन । गैरेले एनआरएनए अग्रज, अभियन्ता, शुभचिन्तक र गैर आवासीय नेपालीहरुको सहयोग, सद्भाव, समर्थनको   लागी  बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल