२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मलेसियामा दुई नेपालीलाई पक्राउ

२२ भाद्र २०८०, शुक्रबार १२:१७

भदौ २२, काठमाडौँ | मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ परेका छन् । मलेसियाको तमन मेलावती क्षेत्रमा रहेको एक पसलको झ्यालको सिसा फुटाइदिएको आरोपमा दुई नेपालीलाई पक्राउ गरिएको हो ।

मादक पदार्थ  खाएर मातेको अवस्थामा घट्नामा संलग्न २१ र २२ वर्षका दुई नेपाली युवाले मुक्का हानेर एक पसलको सिसा फोडेर भागेको पाइएपछि उनीहरूलाई हिरासतमा लिइएको मलेसियन प्रहरीले जनाएको छ ।


स्थानीय सञ्चार माध्यम द स्टारका अनुसार सीसीटीभी फुटेज जाँच गर्दा दुई युवाले झ्यालको सिसा मुक्का हानेर फुटाएपछि भागेको देखिएको थियो। झ्यालको सिसा फुटेको पाइएपछि सीसीटीभी जाँच गर्दा रक्सीले मातेको अवस्थामा दुई युवाले चार मुक्का हानेर सिसा फोडेको देखिएको खबरमा उल्लेख छ ।

पक्राउ परेकाहरूको नेपालको ठेगाना र परिचय भने खुलाइएको छैन । उनीहरू दुवै जना त्यही क्षेत्रको एक मलको पसलमा सहायक कामदारको रूपमा काम गर्ने रहेको पाइएको छ । तर उनीहरूले त्यसअघि मलेसियामा कुनै पनि आपराधिक क्रियाकलाप भने नगरेको पाइएको छ ।

अहिले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र कानुनको उल्लङ्घन गर्ने जो कोही पनि कारबाहीबाट नबच्ने मलेसियन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली