२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

निबुवाटारमा बाल संरक्षण अभिमुखिकरण सम्पन्न 

३ मंसिर २०७२, बिहीबार ०४:०७

मङ्सिर ३, मकवानपुर । प्लान ईन्टरनेशनल मकवानपुरको सहयोग
तथा बाल कल्याण समाज मकवानपुर र गाउ बाल संरक्षण समिति निबुवाटारको संयुक्त आयोजनामा मकबानपुर जिल्लाको
निबुवाटारको गा.बि.स. कार्यालयमा एक दिबसीय बाल संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ

निबुवाटार गाउ बिकाश समितिका सचिब माधब प्रसाद कडेलको
सभाअध्यक्षता,जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत बिना प्युठानी , बाल कल्याण समाज मकवानपुरका
जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा तथा प्लान ईन्टरनेशनलको बिकाश संयोजक सरस्वती लामाको आतिथ्यता
रहेको अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक बिना प्युठानीले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा बडा
नागरिक मन्च का संयोजकहरु लक्ष्मि मगर, भुबन सि लामा, भुमिचुलि प्रा.बि को प्र. अ. रमिला सापकोटा, गाउ
बाल संरक्षण समितिको सचिब नबराज अधिकारि, कोषाध्यक्ष अन्जु लामा शिक्षिका कान्छि थापा, सहजकर्ता कासिराम
बज्यु र राजनैतिक दलहरुको समेत उपस्थिती रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा बाल अधिकार र बाल संरक्षण, बालबालिकालाई जोखिम वा हानि पुर्याउने गलत
कार्यहरु र त्यसबाट संरक्षण, दुब्र्यबहार, भेदभाब, शारिरिक यातना वा हिंसा, शोषण, बालबालिका जोखिममा
पर्ने कारणहरु र असरहरु, गाउ बाल संरक्षण समिति के हो ?, यसका काम कर्तब्य र अधिकारहरु के के हुन,
प्राकृतिक प्रकोपको अबस्थामा थप कार्यहरु के के गर्न सकिन्छ ?,भुईचालो लगायतको दैबि प्रकोप जस्ता
आपतकालिन अबस्थामा बाल संरक्षणका लागि गाउ बाल संरक्षण समितीको भुमिका बारे छलफल, गाउ बाल संरक्षण
समितिको आगामि कार्य योजना र मासिक बैठकको महत्व आदिको बिषयमा छलफल भएको थियो । कार्यक्रममा २९ जनाको
सहभागिता रहेको थियो । उक्त अबसरमा जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत बिना प्युठानी र बाल
कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा, गा.बि.स सचिब माधब प्रसाद कडेलको उपस्थितीमा
गा.बि.स.मा भएको बैठकले भाबि कार्ययोजनाको बारेमा समेत छलफल गरेको थियो ।

छलफलको क्रममा बालबालिकाको जन्म दर्ता , बाल क्लबको गठन र ब्यबस्थापन, पढाई छोडेर बसेका
बालबालिकालाई बिधालय सहयोग, बाल अधिकार र कर्तब्य सम्बन्धि अभिमुखिकरण लगायतको कार्यक्रम प्राथमिकिकरण
हुन पर्ने बारे सहभागिहरुबाट आएको थियो । गा.बि. स. सचिब माधब प्रसाद कडेलले यस बारेमा गा.बि.स.ले
बृहतरुपमा बडा स्तरमा छलफल चलाउने बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ