२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

माल्टा भनेर दुबईबाट इराक पुर्‍याइएका ४ महिला बन्धक

२५ भाद्र २०८०, सोमबार १०:५५

 भदौ २५, काठमाडौँ | इराकमा चार नेपाली महिलालाई बन्धक बनाएर राखिएको छ ।  माल्टा भनेर दुबईबाट इराक पुर्‍याइएका उनीहरूलाई बन्धक बनाएर राखिएको हो । 

उनीहरूले उद्धारका लागि गुहार मागेका छन् । सिन्धुली र काभ्रेबाट भिजिट भिसा मार्फत दुबई पुगेका थिए । दलालहरूले माल्टा पटाइदिने भन्दै उनीहरूलाई भिजिट भिसामा दुबई लगेका थिए । त्यहाँबाट माल्टा भन्दै इराक पुर्‍याइएको हो । 

इराक पुर्‍याइएका उनीहरूको उद्धारका लागि प्रति व्यक्ति ८ हजार अमेरिकन डलर पैसा माग गरिएको छ । इराकमा रहेको कम्पनीले प्रति व्यक्ति ८ हजार डलरमा किनेको भन्दै उक्त पैसा तिरेमा उनीहरू नेपाल फर्किन पाउने बताएको हो । 

बन्धक बनाइएकाहरूका आफन्तले उद्धार गरिदिन विभिन्न निकायमा गुहार माग्दै आएका छन् । 

‘युवतीहरूलाई थुनेर राखेको छ । बोलेको सुन्यो भने फोन खोसेर राख्छ । तिम्रो मान्छे लैजाने भए ८ हजार डलर तिरेर लैजाऊ भनिरहेको छ । हामीले २ वर्षका लागि ८ हजार डलरमा किनेको हो भनिरहेको छ । पैसा तिरेको खण्डमा मात्र नेपाल पठाउने भनिरहेको छ,’ पीडितका एक आफन्तले भने । 

उनीहरूलाई नेपालबाट केही दिन अगाडि मात्रै भिजिट भिसामा दुबई लगिएको थियो । त्यहीबाट माल्टा पठाउने भनेर इराक पुर्‍याइएको हो ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक