२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

धरान-चतरा मार्ग टेण्डर हुने

३ मंसिर २०७२, बिहीबार ०४:०९

मङ्सिर ३, हेटौडा ।
मकवानपुर क्षेत्र नम्बर १ का सभासद ईन्द्रबहादुर बानियाँले धरान-चतरा मार्ग स्तरोन्नतिका लागि टेण्डर
हुन लागेको बताउनु भएको छ । हेटौंडा २४ गुम्बाडाँडा स्थित रिहो बुद्ध गुम्बामा आजबाट शुरू ङ्युङने पुजा
कार्यक्रममा बोल्दै बानियाँले सदरमुकाम हेटौंडालाई पूर्वि क्षेत्रसंग जोड्ने प्रमुख मार्ग भएकाले यसको
स्तरोन्नतिका लागि पहिलो प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले
सकभर मंसिरभित्र टेण्डर गराउन सम्बन्धित निकायमा समन्वय गरिरहेको बताउनुभयो । कान्तिलोक पथको काम पनि
अघि बढेको भन्दै सभासद बाँनियाले यी दुई मार्गको स्तरिकरण भएपछि पूर्वि क्षेत्रको विकासले गति लिने दावि
गर्नुभयो । उहाँले मकवानपुर गढी र गुम्बाडाँडालाई यस क्षेत्रको प्रमुख पर्यटकिय गन्तव्य बनाउने
प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गुम्बाडाँडास्थित गुम्बाको स्तरोन्नतिका लागि समेत बजेट उपलव्ध
गराउने बताउनुभयो । गुम्बाका अध्यक्ष मंगलसिं लामाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष रामबहादुर
घलान, आर्थिक संयोजक विजय पाख्रिन, लामा गुरु थोक्मे लामा, राजनीतिक दलका प्रतिनिधि लगायतले मन्तव्य
व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ