२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

याओ पुचेङ्गको बयान– ‘भन्सारका कर्मचारीको चिन्ता लिनु पर्दैन’ भनेर विदेशबाट पठाइन्थ्यो सुन

२०८०, २९ भाद्र शुक्रबार १०:५२

भदौ २९, काठमाडौँ | सुन तस्करी प्रकरणमा पक्राउ परेका ‘एलेक्स’ भनिने चिनियाँ नागरिक याओ पुचेङ्गले आफूहरुलाई त्रिवि भन्सार कार्यालयका कर्मचारीहरुको चिन्ता लिनु पर्दैन भन्दै विदेशबाट कार्गोमार्फत सुन पठाइने गरेको बताएका छन् ।

अधिकार प्राप्त अधिकारीसमक्षको बयानमा पुचेङ्गले चीनमा रहेका मेनेजर श्याम भन्ने चोङ चिङ छह्वाङ र लिनले आफूलाई त्रिवि भन्सार कार्यालयमा मिलाएको र त्यहाँ कुनै समस्या नहुने बताउने गरेको पनि प्रस्ट पारेका छन् ।

बयानमा उनले भनेका छन्, ‘त्यसैले हामीले कर्मचारीहरुको सम्बन्धमा मतलब गर्दैनथ्यौँ । के कुन कर्मचारीलाई मिलाएका छन्, मलाई कहिल्यै भनेनन् । सधैँ भन्सारका कर्मचारीहरुको तिमीहरुले कुनै चिन्ता लिनु पर्दैन भनी छह्वाङले भन्ने गरेका थिए ।’


उनका अनुसार सुन पैठारी तथा सुन व्यापारका मुख्य योजनाकार तथा लगानीकर्तामध्येका एक वाङ ताओ चिन हुन् भनेर चोङ चिङ छह्वाङले नेपालमा हुँदा कुराकानीका क्रममा भनेको उनले सुनेका थिए ।

आफ्नो जानकारीमा भए अनुसार मुख्य योजनाकार तथा लगानीकर्तामध्येका मुख्य वाङ ताओ चिन हाल चीनमा छन् । चोङ चिङ छह्याङ र लिन हाल चीनमै रहेर नेपालमा ब्रेक प्याड लगायतका सामान पठाएर सुनको अवैध व्यापार गर्ने गरेको पनि पुचेङ्गले बयानमा खुलाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी