2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

क्षमता अभिवृद्धि तालिम सम्पन्न

मङ्सिर ३, हेटौडा । ‘बालबालिका माथि हुने हिंसा रोकौं’ भन्ने मूल नाराका साथ २०
नोभेम्बर अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा ‘बालक्लवहरुको क्षमता अभिवृद्धि’ विषयक २ दिने तालिम
हेटौंडामा सम्पन्न भएको छ ।

सो तालिममा बालअधिकार, बालसंरक्षपण,
बालविवाह, बालबालिकामाथि हुने सबै खाले हिंसा, दुव्र्यवहार, ओसार–पसार, बालबालिकाको व्यक्तित्व विकास,
बालमैत्री स्थानीय शासन, जिल्ला कल्याण समितिका काम कर्तव्य लगायत विषयमा सिविन नेपालका जिल्ला संयोजक
झबिन्द्र ज्ञवाली, हेटौडा उपमहानगरपालिकाका प्रवन्धक भिम तिमल्सीना, पत्रकार रिपेश दाहाल, प्रमुख महिला
विकास अधिकृत शोभा शाहले सहजीकरण गर्नु भएको थियो । सिविन बालहेल्पलाइन र हेटौंडा उपमहानगरपालिकाको
संयुक्त आयोजना एंव जिल्ला बालकल्याण समितिको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

नगरस्तरी बालक्लब सञ्जालकी अध्यक्ष रोनिसा फुंयालको सभाध्यक्षता एवम् हेटौंडा
उपमहानगरपालिका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा गैससका अध्यक्ष कृष्ण धिताल, प्रमूख महिला विकास अधिकृत शोभा शाह लगायतले मन्तव्य व्यक्त
गर्नुभएको थियो । २ दिनसम्म संचालन भएको तालिममा हेटौंडा उपमहानगरपालिका वडा नं. १ देखि २९ सम्मका
बालक्लवका सदस्यहरु गरि ६५ जना बालबालिकाको सहभागिता रहेको बालहेल्पलाइनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो