२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

२०८०, ३० भाद्र शनिबार ०९:०५

भदौ ३०, बारा | कारागार कार्यालय गौर रौतहटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन् ।

सन् १९९० मा गौर नगरपालिका–८ मा निर्माण गरिएको उक्त कारागार जीर्ण हुँदा पनि जोखिम मोलेर कैदीबन्दी राखिएका छन् । अधिकतम दुई सय र न्यूनतम एक सय ६० क्षमता भएको उक्त कारागारमा अहिले महिला, पुरुष र बालबालिका गरी तीन सय ८१ कैदीबनदी रहेका कारागार प्रमुख मणिभूषण शाहले जानकारी दिए। 

उनका अनुसार एक सय ८९ पुरुष, १४ महिला कैदीबन्दी रहेका छन् भने थुनुवामा एक सय ७१ पुरुष, चार महिला, दुई बालबालिका गरी जम्मा तीन सय ८१ कैदीबन्दी रहेका छन् । कारागारको छत माथि जस्तापाताले छाएको टहरा निर्माण गरी ७६ कैदीबन्दीलाई राखिएको प्रमुख शाहले जानकारी दिए। उनका अनुसार कारागारमा किचन, बरन्डा, भर्याङमा समेत कैदीबन्दीलाई राखिएको छ । 

शौचालय जानदेखि नुहाउनसमेत कठिन हुने गरेको भेटघाटका क्रममा रहेका कर्तव्य ज्यान मुद्दाका कैदी महताव आलमले गुनासो गरिन्। “कर्तव्य ज्यान मुद्दाका एक महिला जो सात महिनाको गर्भवती छिन् उनलाई झनै कठिनाइको सामना गर्नुपरेको छ’, कर्तव्य ज्यान मुद्दाका कैदी विष्णु रायले भने । ठाउँको अभावका कारण राति सुत्न निकै समस्या हुने गरेको उनीहरूको गुनासो छ । 

दिनमा जसोतसो समय कटिन्छ तर रातमा समय काट्न निकै अप्ठ्यारोको सामना गर्नुपर्ने चौकीदार मनोजकुमार बैठाले सुनाए । जुनसुकैबेला जीर्ण भवन भत्किने सम्भावना रहेकाले त्रासमा रात बिताउने गरेको उनको भनाइ थियो ।

‘भवन निकै पुरानो भएकाले बर्खायाममा चुहिने, गर्मीयाममा गर्मीले बसी नसक्नुजस्ता समस्याका गुनासो पटकपटक कैदीबन्दीले मलाई भन्ने गरेका छन्’, कारागार प्रमुख शाहले भने, ‘हामीले मातहतका माथिल्लो निकायमा उनीहरुको पीडाका बारेमा जानकारी गराएका छौँ ।’

कारागारको चारैतिरको पर्खाल जीर्ण भएको, ठाउँठाउँमा चर्कोको, बाङ्गो भएकाले भवन भत्कने सम्भावना उत्तिकै रहेको भन्दै तत्कल पर्खालको मर्मतसम्भार गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए  । 

दश कट्ठा १० धुरमा निर्माण भएको कारागारको जग्गा पुर्जा रहे पनि दक्षिणतिर दुईदेखि तीनकट्ठा व्यक्तिले अतिक्रमण गरेको बताउँदै जेलेर शाहले सुरक्षाको दृष्टिकोणले पनि गौर कारागार संवेदशील रहेको बताए । पर्खाल ठूलो नहुनुले पनि जोखिमको समना गर्नुपर्ने उनको भनाइ थियो ।  

‘भेटघाट कक्ष र फोन गर्ने ठाउँ साँघुरो छ । ढल निकासाको उचित व्यवस्था नहुँदा समस्या भइरहेको छ । ढलको निकास, भेटघाट र फोन गर्ने ठाउँलाई फराकिलो पार्ने कामका लागि प्रयासरत रहे पनि बजेट अभावका कारण गर्न सकिएको छैन’, जेलर शाहले भने । सडकको  सतह र जेलको कम्पाउन्डको उचाइ उस्तैउस्तै भएकाले कहिलेकाँही कैदीले हाम फालेर भाग्ने कोसिस समेत गर्ने गरेका उनले बताए । 

बाँकेमा कारागार निर्माण भइसकेको, नुवाकोटमा निर्माणाधीन अवस्थामा रहेकाले ती कारागार निर्माण सम्पन्न भएपछि क्षमताभन्दा बढी कैदी रहेका ठाउँका कैदीलाई सारिने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । कतिपय ठाउँमा पुरानै भवनमा कैदी बसीरहेका भए पनि त्यसलाई पुनःनिर्माण गर्ने कामको थालिएको उनले बताए । ‘आफूलाई सहज हुने ठाउँ कैदीले रोज्ने, बाहिर जान नमान्नेलगायत कारणले पनि गौर कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको हो’, प्रवक्ता शर्माले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी