१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शेखरसहितका नेता धुम्वाराहीमा : देउवाको कार्यशैलीप्रति आपत्ति

३ आश्विन २०८०, बुधबार ०७:५५

असोज ३, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति आलोचना गरेका छन् । मंगलबार आफू पक्ष नेताहरूको भेलामा भएको सहमतिअनुसार देउवा निवास धुम्वाराही पुगेर कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् ।

शेखरको साथमा धुम्बाराही उपसभापति धनराज गुरूङ र सहमहामन्त्री जीवन परियार पनि गएका थिए । भेटमा पार्टीको आन्तरिक समसमयिक विषयमा कुराकानी भएको सहमहामन्त्री परियारले बताए ।

उनले भने, ‘सभापतिसँग पार्टीको आन्तरिक राजनीतिको विषयमा कुराकानी गरेका हौं । पछिल्ला समसायिक केही विषयमा छलफल भए ।’


तर, भेटमा पार्टीभित्र देउवाले एकलौटी लादेको भन्दै शेखरले असन्तुष्टि जनाएको एक नेताले बताए ।

शेखरनिकट ती नेताले भने, ‘उहाँले तरुण दल, महिला संघ सहमति र विधानविपरीत एकलौटी चल्नुभयो । पार्टीलाई विधिअनुसार चलाउनुपर्‍यो भन्ने विषयमा शेखर दाइले कुरा राख्नुभएको थियो ।’

प्रचण्ड नेतृत्वको सरकार र कोशी सरकारको विषयमा पनि ध्यानाकर्षण गराएको ती नेताले सुनाए । शेखर पछिल्लो सयम प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आइरहेका छन् ।

ती नेताले थपे, ‘भोलिबाट केन्द्रीय समितिको बैठक त बस्दैछ । तर, सभापतिसँग व्यक्तिगत कुरा राखेपछि उहाँले सम्बोधन गर्नुभयो भने किन बैठकमा उठाउने भनेर शेखर दाइ जानुभएको हो ।’

भेटमा अब पनि एकलौटी चल्ने भए नयाँ ढंगले आफू अगाडि बढ्ने शेखरले चेतावनी दिएका थिए । तर, शेखरको कुरा सुनिसकेपछि देउवाले आफू मिलाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान तयार रहेको बताएका थिए ।

केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने रणनीतिबारे शेखरले मंगलबार आफूनिकटका नेताहरूसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन