१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मान्छे मारेर सर्वस्वसहित जन्मकैद भएका गुन्डा नाइकेलाई आममाफी, जेलबाटै तरुण दलको स्वागत

४ आश्विन २०८०, बिहीबार ०६:४१

असोज ४, नेपालगञ्ज | व्यक्ति हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका छन् ।

जेल जानुअघि नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापति समेत रहेका ढकाललाई कैद सजायको ५० प्रतिशत भुक्तान नहुँदै कांग्रेस नेताहरूको दबाबमा सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष पठाएको हो ।

दाङस्थित घोराही कारागारमा सजाय भुक्तान गरिरहेका ढकाललाई संविधान दिवस पारेर छुटाइएको हो । सर्वस्वसहित जन्मकैद सजाय पाए पनि माफी पाएर छुटेका ढकाललाई स्वागत गर्न कारागारको गेटमै तरुण दलका कार्यकर्ताहरू झन्डासहित पुगेका थिए ।


ढकाललाई दाङदेखि नेपालगन्जसम्म गाडीका लावालस्करसहित कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरेर लगेका थिए । ४० प्रतिशत मात्र सजाय काटेका ढकाललाई माफी दिन जिल्ला कारागारबाटै सिफारिस गराइएको थियो ।

२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा नेपालगञ्जका चर्चित गुन्डा नाइके रिगल भन्ने योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला भएको थियो ।

अभियुक्त ढकालले नेपालगन्ज–८ का मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो । घटना दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको थियो ।

तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले घटनामा संलग्न सोहनसिहं ढकाललाई १० वर्ष, प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जनही जन्मकैदको सजाय कायम गरेको थियो ।

यस्तै माधव नेपाली, बिराज पाठक, हरि ओली, मनिष चौलागाई, प्रितम थापा, यमबहादुर बुढामगर, केशवबहादुर रोकायालाई जनही ३ वर्षको सजाय सुनाइएको थियो ।

नेपालगञ्जको सुर्खेतरोडस्थित धम्बोझीचौकमा नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धर माथि २०७२ साल असार २८ गते खुँडा प्रहार गरी हत्या भएको थियो । घटनामा संलग्न भएका भनिएका रिगल भनिने योग ढकालले २०७२ भदौमा अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।

ढकाल हत्यारा पुष्टि भएर जेल जानुअघिसम्म नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन