2026-10-26 04:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

माल्टाको एयरपोर्टबाट तीन महिलासहित आठ जना नेपाली पक्राउ

असोज १५, काठमाडौँ | माल्टाबाट पोर्चुगल जाने क्रममा माल्टाको एयरपोर्टबाट आठ जना नेपाली पक्राउ परेका छन् ।  आईडी कार्ड (टीआर कार्ड) नवीकरण नभएका, आईडी कार्ड (टीआर कार्ड) नै खारेज भएका, ब्लु पेपर र भिजा स्ट्याम्पिङ डकुमेन्ट्समा मात्र ट्राभल गर्न खोज्ने क्रममा अध्यागमन विभागको अनुसन्धानबाट पक्राउ परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई सोधपुछका लागी हाल माल्टाको हालसाफि डिटेन्सन सेल्टरमा नियन्त्रणमा राखिएको छ । पक्राउ परेका ९ जनामध्ये ५ जना पुरुष र ३ जना महिला छन् । १ जना महिला भने आफन्तहरुको सहयोगमा छुटेकी छन । पक्राउ परेका नेपालीलाई छुटाउन पहल भईरहेको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले जानकारी दिए ।

माल्टा आएर काम नगरी सेङ्गिङ कन्ट्रिज अथवा अन्य मुलुकतर्फ जान खोज्नेहरूलाई माल्टा प्रहरीले कडा निगरानी गर्दै पक्राउ गर्ने अभियान नै चलाएको जनाएको छ । त्यसैले पूर्ण कागजात र रोजगारदाताको स्वीकृतिबिना यो परिवेशको निर्णय नलिन सम्पूर्ण माल्टा एवं गोजोबासी नेपालीमा एनआरएनएले अनुरोध गरेको छ । एनआरएनएसँग पूर्ण डक कटा बेस हुँदाहुँदै पनि व्यक्तिगत गोपनीयताका कारण कसैको पनि नाम प्रकाशित नगरिएको जनाएको छ ।

यस्तै, विविधि मामला र अवैध अवस्थामा परेका नेपालीका लागि परामर्श दिने हेतुले एनआरएनएको कार्यालय प्रत्येक दिन खुला रहने जनाएको छ । पछिल्लो समय दुबईबाट माल्टा जाने क्रम बढेको र त्यहाँबाट पनि पोर्चुगल, पोल्यान्डलगायतका देशमा गैरकानुनी तरिकाले नेपाली जाने क्रम बढेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने