२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मलेसियामा किन हराउँछन् नेपाली ?

१८ आश्विन २०८०, बिहीबार ०६:५१

असोज १८, काठमाडौँ | पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयांै नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ ।

यस्तै, त्यहाँ क्रियाशील संस्था जनउद्धार केन्द्र मलेसियाले एक सूचना जारी गर्दै धरान उपमहानगरपालिका–६ सुनसरीका मनोज खड्का गत २१ सेप्टेम्बरदेखि घरपरिवार र आफन्तसँग सम्पर्कविहीन रहेको भन्दै खोजी कार्यमा सहयोगका लागि अनुरोध गरेको छ ।

केही दिनअघि सेलेंगर राज्यको पुचुङ एरियाको सडकमा रित्तो खुट्टा हिँडिरहेका र भिडियो हेर्दा उनी अलिकति मानसिक पीडामा रहेका जस्तो देखिएकाले उल्लिखित फोटो र भिडियोसँग मेल खाने व्यक्ति कहीँ कतै देखिएमा नियन्त्रणमा लिएर नेपाली दूतावास मलेसिया अथवा जनउद्धार केन्द्रलाई सम्पर्क गर्न भनिएको छ ।


यस्तै, चितवनका जयराम तामाङ पनि करिब १० वर्षअघि मलेसिया पुगेको र त्यहाँ पुगेको दुई वर्षसम्म घरपरिवारको सम्पर्कमा रहेकामा त्यसपछि कुनै पनि सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन उनको परिवारले अनुरोध गरेको छ ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायतका कारण नेपालीहरू जेल पर्ने गरेको र त्यस्ता नेपालीहरू परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन फोन आउने गरेको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढथापाको भनाइ छ ।

‘हामी जुन मुलुकमा छौं, त्यस मुलुकको कानुनको पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार हुनुपर्ने अवस्थामा छौं,’ सचिव बुढथापाले भने ।

साथै कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत उनले बताए ।

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट मलेसियामा नेपाली कामदार हराएका हुन् ।

परिवारको सम्पर्कबाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय हुने गरेको भए पनि प्रभावकारी हुन नसकेको सरोकारवालाहरू बताउँछन् ।

वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेका आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभागमार्फत खोजी कार्य हुने गरेको छ ।

विदेशी भूमिमा हराइरहेका कामदारका विषयमा पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजी कार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ रहेको छ ।

वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका यस्ता घटना धेरै छन् । अझ पछिल्लो समय युरोप, अमेरिकाको सपना देखेर लाखौं रकम खर्चेर भएका घटना र संख्या अझै डरलाग्दो छ । तर, यसको आधिकारिक तथ्यांक कुनै पनि सरकारी गैरसरकारी निकायसँग छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान