२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

स्वदेश फर्किँदै गरेका विद्यार्थीले भने- इजरायलबाट नेपालका लागि जहाज चढिसकेका छौँ

२५ आश्विन २०८०, बिहीबार १०:०१

असोज २५, काठमाडौँ | युद्धरत इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई उद्धार गरी स्वदेश ल्याउने तयारी गरिएको छ। तेलअभिभ स्थित बेन गुरिन विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको जहाजमा विद्यार्थीहरू चढेका छन्।

विद्यार्थीहरू जहाजमा चढेको फोटो/भिडिओ‌हरू सामाजिक सञ्जालमा देखिएका छन्। जहाजमा चढेपछि एक विद्यार्थी प्रमोद केसीले आफूहरूलाई भगवान्‌ले अर्को जुनी दिएर रणभूमिबाट फर्किएर आउन सफल भएको बताएका छन्। उनले आफूसँगै आएका केही साथीहरू गुमाउनुपर्दा कलिला मुनाहरू पलाउन नपाउँदै अस्ताएको भन्दै दु:ख व्यक्त गरेका छन्।

बिहीबार २५१ जना नेपाली स्वदेश फर्किन लागेका हुन्। घाइते ३ विद्यार्थी भने इजरायलस्थित स्थानीय अस्पतालमा उपचाररत छन्। शनिबार हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन कञ्चनपुरका विपीन जोशी अझै भेटिएका छैनन्। आक्रमणमा १० नेपालीले ज्यान गुमाएका थिए।

उनले लेखेका छन्-

खै कसरी सम्झिऊँ ती घटनाहरू, मन नै थामिँदैन। कुन सपना/आशा लिएर आएका ती कलिला मुनाहरु पलाउन नपाउँदै अस्ताए। भगवान् दाहिने रहेछन् र युद्धको त्यो रनभूमिबाट फर्केर आउन सफल भएँ। सँगै सपना बोकी गएका ती मुनाहरु अब रहेनन्। भगवान्‌ले अर्को जुनी दिनुभएको छ। यो जुनिको हिस्सा बनिदिनुभएकोमा दाइ विकल्प शाही, बोस गिलाद अन्य दाइदिदीहरूमा धेरै धेरै धन्यवाद। र मेरो सफल जिन्दगीको लागि प्रार्थना गर्ने सम्पूर्णलाइ नमन। अहिले हामी इजरायलबाट नेपालका लागि जहाज चढिसकेका छौँ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य