असोज ३०, काठमाडौँ | अक्टोबरको पहिलो साता २७ बर्षीय नेपाली युवा मनिष कुँवरको ज्यान गएको न्युयोर्क सिटीको कुख्यात राइकर्स आइल्याण्ड जेल सन् २०२७ को अगस्त ३१ सम्म बन्द गरिने तय भएको छ । अमेरिकाको न्युयोर्कको रेकर्स आइल्यान्ड जेल भित्र एक जना नेपाली युवा अवस्थामा भेटिएका थिए । उनको मुत्युको कारण रहस्मय देखिएको थियो । कस्टडी भित्र मृत भेटिनु जेलको गंभीर कमजोरी र घटना ज्यादै दुखद रहेको भन्दै गैरआवासिय नेपाली संघले छानवीनको माग गरिरहेको थियो । उनी गएको सेप्टेम्बर २७ मा हिरासतमा पुगेको न्युयोर्क डेली न्युजले पहिलो पटक उल्लेख गरेको थियो । उनलाई डकैतीको अभियोगमा पक्राउ गरिएको अमेरिकी संचारमाध्यम डेली न्युजले जनाए थियो । खराब साथीहरुको संगतले उनी यो अवस्थामा पुगेको हुन सक्ने परिवारले बताएका छन् ।
उनी जेल भित्रै मृत अवस्थामा भेटिएका थिए । हलचल नभएको अवस्थामा भेटिएका उनलाई ६ बजेर २० मिनेट जादा जेल भित्रै मृत घोषित गरिएको थियो ।
न्युयोर्कको जेलमा रहस्यमय मृत्यु भएका २७ बर्षीय नेपाली युवा कुँवर मानसिक बिरामी र घरबारविहीन भएको खुलासा भएको थियो । कुँवरको कथा सन् २०१६ मा डिभी कार्यक्रममार्फत नेपालबाट अमेरिका आएपछि सुरु भएको थियो । अफसोसको कुरा, उसले आफ्नो आगमनको केही समय पछि आफूलाई घरबारविहीन पाए। सात वर्षसम्म, उनले न्यूयोर्क शहरमा बसोबास गर्दै र न्यू जर्सीमा घरबारविहीन आश्रयमा घरबारविहीनताका चुनौतीहरूको सामना गरे। उनले रेस्टुरेन्ट र निर्माण कम्पनीहरूमा विभिन्न कामहरू सम्हालेका थिए, तर काँधमा चोट लागेपछि उनको जीवनले खराब मोड लियो। मानसिक रोग, लागूपदार्थको दुरुपयोग, र रक्सी सम्बन्धी संघर्षले उनको कठिनाइलाई अझ बढाइदियो।
जुन २०२२ मा, कुँवरले क्वीन्समा डकैतीको आरोपको सामना गरे, एक व्यक्तिबाट $१,२०० लिन चक्कु चलाएको आरोप। उनीसँग घरबारविहीन व्यक्तिहरूबाट क्रेडिट कार्डहरू चोरेको र अनाधिकृत खरिदहरू गर्ने प्रयास गरेको आरोप पनि लगाइएको थियो। यी अभियोगमा अदालतमा उपस्थित हुन नसकेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।
जेल भित्रै कुँबरको ज्यान गएपछि संघीय न्यायाधिसले न्युयोर्क सिटीलाई राइकर्स आइल्याण्ड जेलको अवस्थाबारे द्रुत कारबाहीको माग गरेका छन् । यो जेलबारे गम्भीर हिंसा, दुर्व्यवहार र अन्य मानवअधिकार सम्बन्धि सरोकारहरु रहेका छन् ।
अक्टोबर २५ सम्म न्युयोर्क सिटीका अधिकारीहरुसँग संघीय मनिटर स्टीव जे मार्टिनसमक्ष जेलमा भएको घटनाहरूको रिपोर्टिङ र सुधारबारे अन्य जानकारी दिने समय दिइएको छ । नोभेम्बर ८ सम्म मार्टिनले सिटीका अधिकारीहरूबाट यो आदेशको पालना भए नभएको विषय अदालतमा रिपोर्ट गर्नुपर्नेछ भने सिटीका अधिकारीहरूलाई कसरी जवाफदेही बनाउने भनेर थप सिफारिसहरू गर्न सक्नेछन् । न्युयोर्क सिटीका अधिकारीहरूले आदेशलाई बेवास्ता गरे प्रतिबन्धहरु लगाउन सकिने अदालतको आदेशमा चेतावनी दिइएको छ ।
अन्तिम पटक सुरक्षा अधिकारीहरूले कुँवरलाई उनको शव फेला पार्नु भन्दा १० घण्टा अघि सुरक्षा भिडियोमा जीवित देखेका थिए । कुँवर बुधबार राति ८ बजेर २६ मिनेटमा आफ्नो सेलमा हिड्दै गरेको अवस्थामा देखिएको जनाइएको छ । सेप्टेम्बर २७ मा जेल पर्नुअघि उनी लागूऔषध दुर्व्यसन, मानसिक रोग र घरबारविहीनतासँग संघर्ष गरिरहेका थिए । घरबारविहीन भएर सडकमा संघर्ष गर्दा ज्यान नगुमाएका कुँवरको सरकारी जेलभित्र मृत्यु भएपछि एकजना करेक्सन क्याप्टेन र एकजना अधिकारीलाई निलम्बन गरिएको छ । उनको मृत्यु ओभरडोजका कारण भएको हुनसक्ने आशंकाका साथ अनुसन्धान भइरहेको छ । तर उनको मृत्युको कारण आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।