2026-10-26 06:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

एनआरएन अध्यक्षमा चार प्रत्याशी, कुन पदमा क-कसले दिए उम्मेदवारी (सूची)

असोज ३०, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाअधिवेशन काठमाडौँमा सुरु भएको छ । ४ दिनसम्म चल्ने अधिवेशनको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गरेका छन् । उनले स्वस्ति वाचनसहित सम्मेलनको उद्घाटन गरेका हुन् ।

एनआरएनएको अध्यक्ष पदका लागि चार आकांक्षीले प्रतिस्पर्धा गर्दैछन् । महाविधेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएको एनआरएनए सचिवालयले जनाएको छ ।

एक अध्यक्षको पदको लागी मैदानमा चारजना देखिए पनि विगतका केहि वर्ष झैं यसपटक पनि एनआरएनएको चुनावमा नेपाली राजनीतिक दल निकै हाबी हुने देखिएको छ । गत चुनावमा पनि राजनीतिक दल हाबी भएकै कारण दुई वर्षे कार्याकालका लागी तीनजना अध्यक्ष बनाइएको थियो । त्यसैले यसपटक पनि एनआरएनलाई राजनीतिबाट मुक्त बनाउने भनिएपनि काँग्रेस, एमाले र माओवादीबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको सहभागिहरु बताउँछन् ।

डा. केसी एमाले निकट मानिन्छन् । उनी हालका तीन अध्यक्षमध्ये कार्यकारी अधिकारयुक्त हुन् । एमालेनिकट प्रवासी नेपाली मञ्चले उनलाई अघि सारेको हो । केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड तथा गैरआवासीय नेपालीको हक-अधिकारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।

महेश कांग्रेसनिकट हुन् । उनी हाल एनआरएनएको उपाध्यक्ष पदमा छन् । सन् २००२ देखि एनआरएनएमा आवद्ध श्रेष्ठले जापानबाट राष्ट्रिय समन्वय परिषदको संस्थापक, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष हुँदै अघिल्लो महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् । कांग्रेसबाट हालका महासचिव डा. केशव पौडेल पनि अध्यक्षका आकांक्षी थिए । तर, पार्टीका नेताहरुले उनलाई थामथुम गरेर श्रेष्ठलाई अघि सारेका छन् ।

अर्का प्रत्याशी शर्मालाई माओवादीको आशिर्वाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेको चर्चा छ । उनी पनि बहालवाला उपाध्यक्ष हुन् ।

अध्यक्षका यी तीन प्रत्याशी अघिल्लो महाधिवेशनमा एउटै प्यानलमा थिए । १० औं महाधिवेशनमा डा. केसीको प्यानलमा श्रेष्ठ र शर्माले उपाध्यक्षमा उम्मेदवारी दिएर जितेका हुन् । अहिले उनीहरू तीनतिर बाँडिएका छन् ।

चौथो प्रत्याशीका रूपमा रहेकी रविना थापा हालकी अध्यक्ष हुन् । त्यसअघि उनी उपाध्यक्ष थिइन् । उनले पनि आफूलाई बलियो दावेदारका रूपमा अघि सारिरहेकी थिइन् । स्वतन्त्र विश्लेषकहरूले भने भिडन्त त्रिपक्षीय हुने प्रक्षेपण गरिरहेका छन् ।

एनआरएमा ६ खुल्लासहित ८ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव ७ सचिव, एक कोषाध्यक्ष, चार संयुक्त कोषाध्यक्षसहितको जम्बो पदाधिकारी टीमको व्यवस्था रहेको छ । ६ खुल्ला उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूमा डा. विनोद श्रेष्ठ, अभिमान सिंह बस्नेत, गणेश केसी, डा. हेमराज शर्मा लगायत छन् । एक महासचिवमा बुद्धिसागर सुबेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । दुई उपमहासचिवका लागि ५ जना तथा ६ सचिवका लागि १५ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै कोषाध्यक्षका लागि सुदनकुमार थापा र ठाकुरप्रसाद ढुंगानाको उम्मेदवारी छ ।

महाधिवेशनमा आउँदो २ गते नयाँ नेतृत्वको चुनाव हुने छ । पहिलोपटक एनआरएनमा फेसियल भेरिफिकेसनको माध्यमबाट अनलाइन भोटिङको व्यवस्था मिलाइएको छ । ५९ देशका चार हजार २२७ जनाले महाधिवेशनमा मतदान गर्नेछन् । एनआरएनएको सञ्जाल अहिले ८६ देशमा विस्तार भइसकेको छ ।

हेर्नुस् मनोनयन पत्र दर्ता गराएकाको पहिलो नामावली सूची

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने