असोज २०, सिन्धुली । बृद्धबृद्धा र एकल महिला सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ मनाउन नसक्ने भएका छन । चाँड नजिएपछि दैनिक गाबिसको कार्यालय धाउँदा समेत भत्ता नपाएपछि सिन्धुलीका बृद्धबृद्धा निराश भएका छन ।
बर्षेनी चाडपर्व अगावै दिदैँ आएको भत्ता यस बर्ष नपाउँदा उनीहरुको चाड खल्लो हुने भएको हो । कुशेश्वर दुम्जा गाबिसका सचिव लेखनाथ ढकालले बैंकमा पैसा नभएर भत्ता दिन नसकिएको बताउनुभएको छ भने पुरानोझागाझोली गाबिसका सचिव शिव कुमार खत्रीले भने जिल्ला बिकास समितबाट रकम निकास नभएको बताउनुभएको छ । तर सिन्धुलीका स्थानीय बिकास अधिकारी ईश्वर कुमार गिरीले भने दुई हप्ता अगाडी नै प्रत्येक गाबिसको रकम निकास भइसकेको दाबी गर्नुभयो । अहिले भूकम्प प्रभाबितलाई पहिलो किस्ता बापतको रकम भूक्तानिको काम भईरहेकोले बैंकले पर्याप्त रकम नभएको बताएपछि तत्काल सामाजिक सुरक्षा भत्ता बाड्न नसकिएको बताउनुभयो ।
सरकारले भूकम्प प्रभाबितलाई पहिलो प्राथमिकतामा राखेर रकम बितरण गर्न भनेकाले दशैँ पछि भत्ता बितरण गरिने उहाँले जानकारी दिनुभयाे । भत्ता आएपछि दशैँ मनाउने भर गरेर बसेका बृद्धबृद्धा र एकल महिला समस्यामा परेका छन ।