Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

दोश्रो पटक टुक्रिदै एनआरएनए, अब एमाले समर्थक छुट्टै एनआरएनए !

२०८०, ४ कार्तिक शनिबार १४:१९

कतिक ४, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजन उन्मुख भएको छ । एनआरएनएको अनलाइन भोटिङ सिस्टम संकास्पद भएपछि बिबादित भएको अवस्थामा एमाले निकट बद्री केसी पक्षले एकपक्षीय कार्यसमितिको सपथ ग्रहण गरेपछि अध्यक्ष पदमा पराजित उम्मेदवारहरु महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेका  हुन् । 


बिहीबार भएको एनआरएनए निर्वाचनमा उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौंबाट पाएको मत शुन्य देखाएपछि अनलाइन भोटिङमा सेटिङ रहेको भन्दै विवाद सुरु भएको थियो । त्यस बाहेक अरु पनि धेरै त्रुटि भएको भन्दै अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्मा पक्षले निर्वाचन परीणाम स्वीकार नगर्ने भन्दै पत्रकार सम्मेलननै  गरेका छन् । बिबाद सुरु भएपछि बिबादको कुरा नमिलाई बद्री केसी पक्षले एकपक्षीय अगाडी बढ्न लागेको, केसी पक्षले स्पष्ट अनलाइन भोटिङको क्रममा बिबाद रहेको अवस्थाबारे बुझ्दाबुझ्दै पनि जवाफदेहि नभएको महेश श्रेष्ठ र आरके शर्मा पक्षले बताएको छ । 


सपथ ग्रहण गर्नु अघि केसीसहित अध्यक्षहरु कुल आचार्य र रविना थापाले वक्तव्य निकालेर अर्को निर्णय नभएसम्मका लागि सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिएका थिए । 

त्यसपछि भएको छलफलका क्रममा निर्वाचनबारे दुई साताभित्र छानबिन गर्ने सहमति भएको थियो । अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्माका अनुसार निर्वाचनमा त्रुटि देखिए फेरि मतदान गर्ने, नभए अहिलेको कमिटीलाई सबैले स्वीकार गर्ने सहमति भएको थियो । त्यो सहमति विपरित केसी पक्षले हतारहतार सपथ कार्यक्रम राखेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

शनिबार साँझ संयुक्त पत्रकार सम्मेलन गरेका श्रेष्ठले सपथले अविश्वास थप बढाएको बताएका छन् । सहमतिमै स्थगित भएको प्रक्रिया सुचारु नगरी सपथ लिनु कानुनी विपरित भएको भन्दै  एपपक्षीय सपथ लिनुले झन अविश्वास पैदा भएको श्रेष्ठ र शर्मा पक्षले बताएका छन् । 

बिबादकै बीच एनआरएनएको बहुमत पक्षलाई बाहिर राखेर सानो समूहले एनआरएनए संस्था चलाउन खोज्नुले संस्थाप्रतिको विस्वास झनै घट्ने बताइएको छ । जसको कारण एनआरएनए फुटको संघारमा रहेको विश्लेषण गरिएको छ । 

यसअघि दशौं अधिवेशनमा बिबाद बढेपछि शेष घले पक्षले बेग्लै गैरआवासीय नेपाली संघ गठन गरी बाहिरिएको थियो जसको अध्यक्ष बिनोद कुवँर रहेका छन् । उनीहरुले आगामी मार्चमा अधिवेशनको तयारी गरिरहेका छन् । योसँगै २० बर्षअगाडी स्थापना भएको गैरआवासीय नेपाली संघ दोश्रो पटक टुक्रिएर तीन टुक्रामा परिणत हुने अवस्थामा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै