2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कतारमा स्वतन्त्रताको नाममा पासो बन्दै ‘आजाद’ भिसा

कार्तिक १५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि ‘आजाद’ भिसामा कतार आएका नेपाली श्रमिकहरू जोखिममा पर्न थालेका छन्। कतारमा स्वतन्त्र रूपमा काम गर्न पाइने भएकाले यसलाई आजाद भिसा भनिएको हो। तर, कतार सरकारले भने यस्तो आजाद भिसाको व्यवस्था गरेको छैन। कम्पनी सञ्चालक र एजेन्टले नै यसलाई आजाद भिसा नामकरण गरेका हुन्। 

आजाद भिसामा श्रमिक भर्ना गरी कतार ल्याइन्छ अनि स्वतन्त्र रूपमा छाडिन्छ । यस्ता आजाद श्रमिक आफँैले काम खोज्नुपर्ने हुन्छ । तर, श्रमिकले भिसाबापत सो कम्पनी सञ्चालकलाई कम्तीमा वार्षिक तीन हजार रियालसम्म भुक्तानी गर्नुपर्ने हुन्छ । श्रमिकसँग भिसा एउटा कम्पनीको हुन्छ भने काम अन्य कम्पनीमा काम गर्नुपर्ने हुन्छ । वार्षिक रूपमा भिसा प्रदान गर्ने कम्पनीले श्रमिकको आइडी नवीकरण गरिदिन्छ, जसबापत उसले वार्षिक कमिसन लिन्छ । सो कम्पनीले हरेक महिना श्रमिकको बैंक खातामा पारिश्रमिक पनि हाल्दिन्छ । तर, सो रकम कम्पनी आफैँले श्रमिकबाट फिर्ता लिने गर्छ । कम्पनी अद्यावधिक रहेको देखाउन मात्र डकुमेन्टका लागि पारिश्रमिक दिएको देखाउने गर्छ । कतार सरकारले यस्तो कार्यलाई अवैध मानेको छ । तर, यस्ता कम्पनीले कानुनी रूपमा सबै प्रक्रिया पूरा गरेको देखाउने हुँदा पहिचान गर्न कठिनाइ हुने गरेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) स्वच्छ भर्नासम्बन्धी व्यवस्थाअनुसार जुन कम्पनीको भिसामा गएको हो, सोही कम्पनीमा काम गर्नुपर्ने हुन्छ । यसरी भिसा खरिद–बिक्री गर्ने कार्यलाई आइएलओले मानव तस्कर भनेको छ । तर, कतारमा रहेका नेपालीसहित आप्रवासी श्रमिक नै अवैध रूपमा आजाद भिसाको व्यापारमा संलग्न रहेको पाइएको छ । 

कतारस्थित नेपाली दूतावासको तथ्यांकअनुसार कतारमा करिब चार लाख नेपाली श्रमिक छन् । जसमध्ये करिब १५ देखि २० प्रतिशत नेपाली श्रमिक आजाद भिसामा कतार पुगेको अनुमान छ । कतार तथा नेपाल सरकारले आजाद भिसालाई पहिचान गरेको छैन । त्यसैले आजाद भिसामा कतार आइपुगेका श्रमिक कुनै दुर्घटना परेमा वा कम्पनीले पारिश्रमिक भुक्तानी नगरेमा कानुनी रूपमा कुनै पनि सहयोग नपाउने एनआरएनएका प्रथम उपाध्यक्ष पन्थीले बताए। संघमा अधिकांश आवाज भिसामा आएका नेपाली श्रमिकको गुनासो आउने गरेको उनले बताए। 

पासो बन्दै आजाद भिसा 

सुनसरीका रमेश ठाकुर (नाम परिवर्तन) आजाद भिसामा कतार आएका हुन् । दुई वर्ष काम गरेर ऋण चुक्ता गरेपछि नेपाल फर्कने उनको योजना थियो । तर, उनले पनि कतारमा भनेजस्तो काम पाएनन् । कम्पनीलाई नै कमिसन दिन नसक्ने भएका छन् । विश्वकपपछि आफू बेरोजगार भएको उनले बताए ।

कम्पनी सञ्चालकको दबाबमा बस्नुनपर्ने, आफैँले काम खोज्न सकिने, चाहेअनुसारको पारिश्रमिक र सेवा–सुविधा पाइने प्रलोभनमा श्रमिकहरू आजाद भिसामा कतार आउने गरेको गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य दीपजंग ठकुरीले बताए । कतिपय कतारमा नै श्रम गरिरहेका श्रमिकले कम्पनी सञ्चालकलाई रकम बुझाएर एनओसीसमेत लिने गरेको उनको भनाइ छ । श्रमिक काम खोज्न स्वतन्त्र हुने भए पनि यो भिसा उत्तिकै खतरनाक हुने उनको अनुभव छ । यस्तो भिसा उपलब्ध गराउने कम्पनीलाई श्रमिकले काम नपाए पनि वार्षिक रूपमा निश्चित कमिसन बुझाउनैपर्छ । ‘कमिसन दिएन भने कम्पनी सञ्चालकले अनेक दुःख दिन्छन्,’ उनले भने । त्यस्तै, निश्चित समयमा कम्पनी परिवर्तन गर्न सकिएन भने पनि श्रमिक जोखिममा हुने उनले बताए । 

त्यस्तै, सर्लाहीका रामकुमार यादव (नाम परिवर्तन) पनि कतार आएको एक वर्ष हुन लाग्यो । आजाद भिसामा कतार आउन उनले म्यानपावर कम्पनीलाई एक लाख २० हजार बुझाएको बताए । कतार आएपछि छानी–छानी काम गर्न सकिने अपेक्षा गरेका उनले सोचेजस्तो काम नपाएको गुनासो गरे । कतार आउनेबित्तिकै उनले एउटा रेस्टुरेन्टमा तीन महिना काम गरे । राम्रो पारिश्रमिक नपाएपछि रेस्टुरेन्ट छाडेर  सेक्युरिटीको काम पनि गरे । त्यहाँ पनि सोचेजस्तो पारिश्रमिक पाएनन् । ‘भिसाबापत कम्पनीलाई वार्षिक शुल्क भुक्तानी गर्नुपर्छ । त्यसका लागि पनि बढी कमाउनुपर्छ । तर, भनेजस्तो काम पाउन त गाह्रो रहेछ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल