Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

२१ वर्षदेखि मलेसियामा बेपत्ता छन् मोहन सारु, खोजी गरिदिन परिवारको अपिल

२०८०, २४ कार्तिक शुक्रबार ०८:५०

कार्तिक २४, काठमाडौँ |  वैदेशिक रोजगारीका लागि २३ वर्षअघि मलेसिया गएका गुल्मी सत्यवती गाउँपालिका–५ का मोहन सारु सम्पर्कविहीन भएका छन् ।

रोजगारीका लागि मलेसियाको क्वालालम्पुर आसपास काम गर्न गएका उनी २१ वर्षदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजी गरिदिन परिवारले अपिल गरेको छ ।

कमाउने मान्छे नै लामो समयदेखि सम्पर्कमा नहुँदा परिवार निकै पीडामा रहेको, परिवारबाट मलेसियामा रहेको दूतावास, विभिन्न संघसंस्था तथा नेपाली समुदायसँग अपिल गरिसकेको भन्दै जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले खोजीकार्यमा सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।


उनलाई मलेसियाको कुनै पनि ठाउँमा देख्नेले उद्धार केन्द्र मलेसिया वा नेपाली दूतावासलाई जानकारी गराइदिन पनि अपिल गरिएको जनउद्धार केन्द्र अध्यक्ष थापाले बताए ।

यसैगरी, महोत्तरी औरही नगरपालिका–२ निवासी राम लोचन महतोको छोरा चौठी महतो पासपोर्ट नम्बर (०९०२६९९८) पनि मलेसियामा बेपत्ता भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार रोज एम्पोइमेन्ट सर्भिसेज म्यानपावरमार्फत मलेसियाको मेंटरा एसडीएन बीएचडी कम्पनीमा काम गर्न २०७४ सालमा आएकोमा कम्पनी छोडेर परिवारसँग सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ ।

उनलाई फेला पारेको अवस्थामा परिवारको सम्पर्क नम्बर ९८१४८६०२५९ (श्रमण महतो दाजु) अथवा दूतावासले उपलब्ध गराएको सम्पर्कमा जानकारी गराइदिन दूतावासले अनुरोध गरेको छ ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइँ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेको र त्यस्ता नेपाली परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरीदिन कल आउने गरेको दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी प्रेमबहादुर बुढथापाको भनाइ छ ।

वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेका आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभागमार्फत खोजीकार्य हुने गरेको छ ।

विदेशी भूमिमा हराइरहेका कामदारबारे पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ रहेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट बिदेसिएका नेपाली परिवारको सम्पर्कमा नआएको एक अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै