२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

नेपाली श्रमिकलाई खान बस्न तथा तलब सुविधा नदिने साउदीको कम्पनी विभागको कालो सूचीमा, कामदार पठाउने म्यानपावर निलम्बनमा

२०८०, २४ कार्तिक शुक्रबार १०:३६

कार्तिक २४, काठमाडौँ |  वैदेशिक रोजगार विभागले साउदी अरेबियाको एक कम्पनीलाई कालो सूचीमा राखेको छ । नेपाली श्रमिकलाई २ महिनासम्म तलब नदिएको र अन्य सेवा सुविधा समेत नदिएको भन्दै साउदीको अब्दुल्लाह बिन ईस्सा बिन हमाद अल विइदन जेनेरल अन्ट्र्याक्टिङ नामक कम्पनीलाई कालो सूचीमा राखेको हो । 

त्यस्तै नेपाली कामदार पठाउने दैलेख ओभरसिजलाई अर्को व्यवस्था नभएसम्मको लागि निलम्बन गरिएको विभागले जनाएको छ । विभागका निर्देशक लोकनाथ भुसालले विभागका महानिर्देशक मदन दाहाल तथा नेपाली राजदूतावासको टोलीले स्थलगत अनुगमन गरेको थियो । 


स्थलगत अनुगमनको क्रममा कामदारहरूलाई काम नदिई एउटै कोठामा २०/२५ जनालाई राखेको, खान बस्न तथा तलब सुविधा नदिएको, केही कामदार बिरामी परेको देखिएको थियो । अनुगमनपछि कम्पनीका संचालकलाई अबिलम्ब समस्या समाधान गर्न निर्देशन समेत दिइएको र समस्या समाधान नहुँदासम्मको लागि निलम्बन तथा कालो सूचीमा राखिएको निर्देशक भुसालले बताए ।

विभागका महानिर्देशक दाहालसहितको टोली केही समय अगाडि साउदी लगायतका देशको भ्रमणमा गएको थियो । साउदीमा रहेका नेपालीका समस्या धेरै आउन थालेको भन्दै विभागको टोली स्थलगत अनुगमनका लागि गएको थियो । सोही क्रममा दूतावासका पीडित श्रमिकहरूले दिएको उजुरीको आधारमा महानिर्देशक दाहालसहितको टोली अनुगमनको लागि गएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी