२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कतारबाट पनि युरोप तस्कर हुँदै नेपाली श्रमिक

२०८०, २६ कार्तिक आईतवार ०६:४६

कार्तिक २६, काठमाडौँ | पछिल्लो समयमा कतारमा काम गर्ने नेपाली श्रमिकहरू पनि युरोपतर्फ तस्कर हुन थालेका छन्। कतारमा सञ्चालित कन्सल्टेन्सीहरूले सातदेखि १० लाख शुल्क असुल गरी नेपाली श्रमिकलाई युरोप तस्कर गर्न थालेका हुन्। युरोपमा स्थायी बसोवासको सुविधा पाउन सकिने भएपछि लामो समय कतारमा काम गरेका नेपाली श्रमिकहरू त्यता आकर्षित हुन थालेका हुन्। 


कतारमा आप्रवासीलाई स्थायी बसोवासको सुविधा दिएको छैन। त्यसैले कतारमा लामो समय काम गरेका नेपाली युवाहरू पनि स्वदेश फर्कनुभन्दा युरोपियन मुलुकतर्फ जान लालायित हुन थालेको गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टले बताए। ‘कतार छाडेर युरोप जान चाहने नेपाली श्रमिकको अहिले लर्को नै लागेको छ,’ उनले भने। कतारमा करिब चार लाख संख्यामा नेपाली श्रमिक छन्। जसमध्ये करिब १५ हजार महिला श्रमिकको संख्या छ। अधिकांश नेपाली श्रमिक अदक्ष छन्।

 युरोपको सेवा–सुविधाबाट आकर्षित भएका नेपाली श्रमिकलाई कन्सल्टेसीहरूले विभिन्न प्रलोभन देखाउने गरेको संघका अध्यक्ष भट्टले बताए। यसअघि दलालहरूले दुबईलाई नेपाली युवा युरोप तस्कर गर्ने अड्डा बनाएका थिए। दुबईमा कार्यरत नेपाली श्रमिकलाई युरोप पठाउने तथा नेपालबाट दुबईलाई ट्रान्जिट बनाई युरोप तस्कर गर्ने ठूलै जमात छ। अहिले यो प्रवृत्ति कतारमा पनि फैलिएको उनले बताए। 

युरोप पठाउन कतारमा कन्सल्टेन्सी खुलेका छन्। कतार पुगेका नेपालीलगायत अन्य मुलुकका आप्रवासी व्यवसायीले नै यस्ता खालका कन्सल्टेन्सी सञ्चालन गरेका छन् । कन्सल्टेन्सीमार्फत जाने केही नेपाली श्रमिक युरोप पुग्न सफल भए पनि कतिपयले रकम खाएर भागेको समेत कतारमा कार्यरत युवाहरू बताउँछन्। 

अहिले नेपालबाट पनि युवाहरू युरोप जाने क्रम बढ्दो छ। तर, कतारबाट जाँदा थोरै रकम लाग्ने र प्रक्रिया सहज हुने हुँदा दलालहरू कतारमा नै सक्रिय भएका हुन् । कतारबाट करिब सातदेखि आठ लाख रुपैयाँसम्म खर्चेर दलालहरूले नेपाली युवालाई युरोपका विभिन्न मुलुकमा पठाउने गरेका छन्। विशेष गरी माल्टा, चेक रिपब्लिक, रोमानिया, क्रोएसिया, पोल्यान्ड, पोर्चुगललगायतका मुलुकमा नेपाली युवा तस्कर हुने गरेको पाइएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी