अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको छ।

इजरेली सेनाको एक्स (पहिलाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको छ।

इजरेली सेनाको एक्स (पहिलाक"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

गाजाको अस्पतालभित्र ‘नेपाली बन्धक’ पनि देखिएको विवरण, के भन्छ नेपाल सरकार?

४ मंसिर २०८०, सोमबार ०९:०१

मङ्सिर ४, काठमाडौँ | इजरेली सेनाले गाजास्थित अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको छ।

इजरेली सेनाको एक्स (पहिलाको ट्विटर) खातामा भनिएको छः “…इजरेली भूमिबाट अपहरण गरिएका एक नेपाली र एक थाई नागरिक सशस्त्र हमास आतङ्कवादीहरूबाट घेरिएका [फुटेजमा] देखिन्छ।”


अक्टोबर ७ तारिखको हमास हमलापछि बन्धक बनाइएका व्यक्तिहरूलाई अल-शिफा अस्पताल पुर्‍याउँदै गरिएको देखिएको आईडीएफले उल्लेख गरेको छ।

समाचार ब्रीफिङका क्रममा इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले आइतवार सार्वजनिक गरेको सीसीटीभी फुटेजको बीबीसीले स्वतन्त्र रूपमा आधिकारिता पुष्टि गर्न सकेको छैन।

परराष्ट्रमन्त्री के भन्छन्?

आईडीएफले सार्वजनिक गरेको पछिल्लो भिडिओ फुटेजबारे बीबीसी न्यूज नेपालीले परराष्ट्रमन्त्री एनपी साउदसमक्ष जिज्ञासा राखेको थियो।

सो क्रममा उनले ताजा भिडिओबारे थाहा नभए पनि हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी “सकुशल” रहेको जानकारी पाएको बताए।

इजरेलस्थित नेपाली दूतावासले पनि आइतवार एउटा विज्ञप्ति जारी गर्दै “जोशी हालसम्म सम्पर्कविहीन रहेको र उनको खोजी जारी रहेको” जनाएको छ।

“त्यो भिडिओ फुटेजबारे नै त हामीलाई केही जानकारी आएको छैन। तर हिजो राति अबेर इजरेली अधिकारीबाट हामीले पाएको जानकारीअनुसार विपिन जोशी सकुशल र बन्धक अवस्थामा हुनुहुन्छ, ” साउदले भने।

जोशीको रिहाइका लागि आवश्यक पहल गरिरहेको अधिकारीहरूले बताउँदै आएका छन्।

“हामीले कतार सरकार र अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीसँग कुराकानी गरिरहेका छौँ,” साउदले सोमवार बिहान भने।

हमाससँग पनि केही कुराकानी भएको छ कि भन्ने प्रश्नमा उनले भने, “हमास समूहसँग नै हाम्रो कुरा भएको छैन।”

अधिकारीहरूका अनुसार जोशीको रिहाइमा सघाइदिन भन्दै कतारलाई औपचारिक पत्र नै पठाइसकिएको छ।

भिडिओमा के छ?

बीबीसीका निक बीकका अनुसार आइतवार समाचार ब्रीफिङका क्रममा आईडीएफका प्रमुख प्रवक्ता ड्यानिअल हगारीले सीसीटीभी फुटेज देखाएका थिए।

त्यो फुटेज अक्टोबर ७ तारिखको बिहानको हो जुन दिन हमासले दक्षिणी इजरेलमा अचानक हमला गरेको थियो।

त्यो हमलामा १,२०० इजरेली मारिए भने २४० जनाभन्दा बढीलाई हमासले बन्धक बनाएर लगेको थियो।

दुई बन्धकलाई गाजाको सबैभन्दा ठूलो र आधुनिक अस्पताल पुर्‍याउँदै गरिएको भिडिओ फुटेजमा देखिन्छ। अक्टोबर ७ तारिख उल्लिखित सीसीटीभी भिडिओमा सशस्त्र व्यक्तिहरू पनि देखिन्छन्।


एक बन्धकले प्रतिरोध गरिरहेको र अर्का स्ट्रेचरमा पल्टिरहेको पनि भिडिओमा देखिन्छ।

इजरेलले सार्वजनिक गरेको भिडिओबारे प्रतिक्रिया जनाउँदै गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले फुटेजको आधिकारिकता पुष्टि गर्न नसकेको जनाएको छ।

गाजामा स्वास्थ्यसेवाहरू काम नै नलाग्ने अवस्थामा पुर्‍याएको इजरेलले सबै जिम्मेवारी लिनुपर्ने मन्त्रालयले बताएको छ। -बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान