१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

४१ जना बन्धक रिहा भईसक्दा पनि किन छुटेनन् बिपीन?

१० मंसिर २०८०, आईतवार ०६:३५

मङ्सिर १०, काठमाडौँ | गाजास्थित हमास समूहले कब्जामा लिएका ४१ जनालाई रिहा गरिसकेको छ । पहिलो पटक शुक्रवार हमासले १३ इजरायली, १० थाई र १ फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो ।

त्यस्तै दोस्रो पटक १७ जनालाई रिहा गरेको हो । त्यसको बदलामा इजरायलले तेब्बर बढीको सङ्ख्यामा प्लालेस्टिनीहरू रिहा गरेको छ । 

हमासले दुई–दुई पटक बन्धकहरू छोडिसक्दा पनि नेपालका विपिन जोशी भने पर्न सकेका छैनन् । गत अक्टोबर ७ तारिखमा हमास समूहले आक्रमण गरेर जोशी सहितकालाई बन्धक बनाएर लगेको थियो ।


अन्यलाई धमाधम रिहा गरिरहँदा जोशी भने रिहा हुने टोलीमा पर्न सकेका छैनन् ।  इजरायलस्थित नेपाली दूतावासले जोशीको रिहाइबारे आफूहरू जानकारी नहुने बताएको छ ।

जोशीको रिहाइको लागि नेपालले कूटनीतिक पहल जारी राखेको छ । दुई दिने नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्रीसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो । 

त्यस्तै इजरायलसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्दै आएको छ । तर पनि जोशी भने दुई पटकको रिहाइमा पर्न सकेका छैनन् । राजदूत रिजालले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी रहेको बताइन् । 

सरकार र दूतावासले जोशीको रिहाइका लागि अथक प्रयास गरिरहेको छ । तर, त्यो प्रयासले सार्थकता पाउन सकेको छैन ।  हमास समूहले १८ वर्ष मुनीका बालबालिका, वृद्धवृद्धा तथा महिलालाई रिहा गर्ने बताउँदै आएको छ ।

सोही कारणले उसले त्यही आधारमा रिहा गर्दै आएको छ ।  हमास समूहले रिहा गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन (आईसीआरसी) का प्रतिनिधिहरूको जिम्मा लगाउँदै आएका छन् ।

कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम भएको थियो । त्यो बीचमा बन्दी रिहा गर्ने सम्झौता भएको थियो । सोही अनुसार हमासले बन्धक बनाएकाहरूलाई रिहा गर्दै आएको छ ।

त्यसको बदलमा एक जनाको साटा इजरायलले तीन जना प्यालेस्टिनीलाई रिहा गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार