२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदीमा १५ जना नेपाली अलपत्र, उद्धारका लागि हारगुहार

११ मंसिर २०८०, सोमबार ०७:३८

मङ्सिर ११, काठमाडौं | रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् ।

राम्रो रोजगारको प्रलोभन देखाएर नेपालबाट त्यहाँ पुर्याइएका उनीहरू सम्झौताअनुसारको काम नपाएपछि उद्धारका लागि हारगुहार गरिरहेका छन् । पशुपति एचआर सोलुसन प्रालिमार्फत् साउदीको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा पुगेको तर, त्यहाँ त्यो कम्पनी नै नभेटिएपछि आफूहरूलाई अर्कै कम्पनीमा सप्लाइका रूपमा काममा लगाएको भए पनि समयमा तलब नपाएको उनीहरूको गुनासो छ ।


त्यहाँ कार्यरत हरि गिरीका अनुसार अझै पनि सो कम्पनीले नेपालबाट कामदार लगिरहेका छन् र केहीलाई राम्रो काम दिएका पनि छन् । ‘तर, हामीलाई भने बेवास्ताा गरिएको छ, घर जान्छु भन्दा कम्पनीले १० हजार साउदी रियाल तिरे मात्र फर्कन दिने भन्ने गरेको छ,’ उनले भने ।

‘हामी यहाँ आएको करिब चार महिना भयो, दुई महिनाको तलब पाउनै बाँकी छ, हामी १०–१५ जना जति छौं यो फ्याक्ट्रीमा काम गर्ने,’ उनले  भने, ‘हामीले आफ्नै पैसाले टिकट काटेर भए पनि नेपाल फर्किने भनेका छौं, तर कम्पनीले १० हजार रियाल माग्छ, त्यत्रो पैसा कहाँबाट ल्याएर दिनु रु रियादस्थित नेपाली दूतावासमा पनि पटकपटक सम्पर्क गरियो, समस्याको सुनवाइ भएन, अब हामीले के गर्ने रु उद्धारमा आवश्यक सहयोग गरिदिनु प¥यो, कुनै राम्रो रोजगारदाता कम्पनी भेटिए पनि जाने थियौं ।’

पीडितले मेनपावरलाई आफूहरूलाई सम्झौताअनुसारको काम र तलब दिलाउन नसक्ने भए नेपाल फर्काउन आग्रह गर्दा कुनै वास्ता नगरेको बताएका छन् । आफूहरू एक महिनादेखि कामविहीन भएर बस्दा पनि मेनपावरले कुनै सुनवाइ नगरेको उनीहरूले बताएका छन् । मेनपावरले बेवास्ता गरेपछि उनीहरूका आफन्तमार्फत् वैदेशिक रोजगार विभागमा उद्धारका लागि निवेदन दिएको तर सुनवाइ नभएको उनीहरूले बताए । 

पीडितले रियादस्थित नेपाली दूतावासलाई पनि पटकपटक आफूहरू समस्यामा परेको भन्दै दूतावासले उपलब्ध गराएको नम्बरमा म्यासेज गर्दै उद्धारको अपिल गर्दा पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

समस्यामा परेका नेपालीलाई सहयोग गर्न खोलिएको दूतावास आफूहरू समस्यामा पर्दा पनि मुकदर्शक भएको उनीहरूले आरोप छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य