Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

रुसमा नेपालीको मृत्यु: परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

२०८०, १३ मंसिर बुधबार ०८:०८

मङ्सिर १३, काठमाडौँ  | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै भएको खुलेको छ ।

रुसी सेनामा भर्ना भएर तालिम लिने क्रममा बंकरमा उनको मृत्यु भएको जनाइएको छ । ३५ वर्षीय रोक्का भिजिट भिषामा रुस पुगेको उनका दाजु सुमनकुमार रोक्काले जानकारी दिए । उनी रुसी सेनामा भर्ना भएको परिवारलाई पत्तोसमेत नभएको उनका परिवारले जनाएका छन् । साथीहरुले रुसमा सेनामा भर्ना हुन पाइन्छ भनेपछि गत असोज १७ गते उनी भिजिट भिषामा रुस गएका थिए ।


२०६४ सालमा सशस्त्र प्रहरीमा जागिर खाएका उनले ७ वर्षमै जागिर छाडेका थिए । त्यसपछि घरायसी सामग्रीको व्यवसाय गर्दै आएका थिए । उक्त व्यवसायमा ऋण लागेपछि मकाउ जाने तयारीमा थिए । साथीहरुले रुसी सेनामा भर्ना हुन पाइन्छ भनेपछि उनी रुस पुगेका हुन् ।

गत कात्तिक २६ गते दाजु सुमनसँग उनको अन्तिम संवाद भएको थियो । तर उनले रुसमा सेनामा भर्ना भएको र ऋण चाँडैतिर्ने बारेमा दाजु बाहेकलाई जानकारी गराएका थिएनन् । उनको रुस-युक्रन युद्धका क्रममा कात्तिक २९ गते बंकरमा मृत्यु भएको खबर दुई सातापछि हिजो (मंगलबार) परिवारले थाहा पाएको सुमनले बताए ।

रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना नेपालीको कात्तिक २९ गते ज्यान गएको जानकारी गराएको हो | नेपाली दूतावासका अनुसार घटना ९ दिनपछि सार्वजनिक भएको बताए | 

मृत्यु हुनेमा राजकुमारसँगै स्याङ्जाको पुतलीबजार नगरपालिका ५ ठूलास्वाँराका पितम कार्की र इलामको इलाम नगरपालिका ५ का गंगाराज मोक्तान रहेको दूतावासले जनाएको छ ।

स्याङ्जा, पुतलीबजार नगरपालिका–५, पौवेगौडेका प्रितम कार्की पनि नेपाली सेनाबाट निवृत्त भएका हुन्। सैनिक सेवाबाट अवकास लिएलगत्तै उनी अफगानिस्तान गएको कार्यवाहक वडाध्यक्ष सन्तोष रेग्मीले जानकारी दिए। मृतक कार्कीले गत साउन ४ गते मात्रै नयाँ पासपोर्ट बनाएका थिए।

‘रूस जानकै लागि हो अथवा, कुन उद्देश्यले हो अगस्ट ६, २०२३ मा नयाँ पासपोर्ट बनाउनुभएको रहेछ,’ रेग्मीले थपे।

कार्की पनि दसैंअघि मात्रै रूस पुगेको खुलेको छ। परिवारमा बाबुआमा, दुई छोरा र श्रीमती रहेको वडाध्यक्ष रेग्मीले जानकारी दिए।

‘उहाँ दुई महिनाअघि, दसैंमा रूस जानु भएको खुलेको छ। त्यसभन्दा अगाडि उहाँ अफगानिस्तान पुगेर फर्कनुभएको रहेछ,’ उनले भने।

छोराको निधनको खबर आएपछि परिवारमा सन्नाटा छाएको वडाध्यक्ष रेग्मीले सुनाए। मृतक कार्कीका ११ र ७ वर्षका छोरा छन्। 

इलाम नगरपालिका–९ का ३२ वर्षीय गंगाराज मोक्तान ४ वर्षदेखि दुबईमा काम गर्दै आएका थिए। वैदेशिक रोजगारीका लागि २०७६ साल मंसिर ७ गते त्यहाँ पुगेका उनले पनि एक महिनाअघि आफू रूस जान लागेको परिवारलाई बताएका थिए।

पत्नी याङ्गिला शेर्पाका अनुसार मृतक गंगाराज एक महिनाअघि (अक्टोबर १ तारिखका दिन) रूस हिँडेका थिए। उनी त्यसको भोलिपल्ट रूस पुगे।

‘उहाँ पुगेपछि पनि खासै सम्पर्क हुँदैनथ्यो। अन्तिमपटक नोभेम्बर १२ तारिख अर्थात् कात्तिक २६ गते कुराकानी भएको थियो। कात्तिक २६ गते कुराकानी हुँदा आफू एकसाता लडाइँ चलिरहेको रूस–युक्रेनको सीमानामा बसेर आएको बताउनुभएको थियो,’ पत्नीले शेर्पाले भनिन्।

लडाइँ भइरहेको ठाउँमा बसेर आएकाले एक–दुई दिन आराम गर्ने र फेरि सीमावर्ती इलाकामा जाने मोक्तानले बताएका थिए। यो पटकचाहिँ युद्धग्रस्त क्षेत्रभन्दा वरै रहने पनि उनले जानकारी गराएका थिए।

त्यसो त, मोक्तान कात्तिक २८ गते पनि फेसबुकमा अनलाइन देखिएका थिए। तर, त्यसदिन कुराकानी हुन नसकेको श्रीमतीले बताइन्।

परिवारका अनुसार मोक्तान पूर्वसैनिक हुन्। उनी २०६७ देखि २०७२ सम्म नेपाली सेनामा थिए। त्यहाँबाट अवकास लिएर केही समय खाली बसेका मोक्तान घर–व्यवहार चलाउनका लागि युएई पुगेका थिए।

वडाध्यक्ष गोपाल चौहानका अनुसार मोक्तानको मृत्यु भएको खबर दुई दिनअघिमात्रै कन्सुलर विभागमार्फत् आएको थियो।

चौहानका अनुसार मोक्तानले आफू युद्धग्रस्त क्षेत्रमा भएको र तलमाथि भए परिवारको नम्बर टिपाएको जानकारी परिवारलाई गराएका रहेछन्।

उनले शव झिकाउने र आवश्यक प्रक्रियाका लागि वडाले कागजात तयार पारेर पठाएको पनि जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै